बैठक बोलाएको थाहा नपाउँदै स्थगितको जानकारी नेकपाका महासचिवलाई – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
नेकपामा ओली, प्रचण्ड र नेपालको सम्वन्ध सर्प, भ्यागुतो र विच्छीको जस्तो

बैठक बोलाएको थाहा नपाउँदै स्थगितको जानकारी नेकपाका महासचिवलाई

नयाँ विकल्प,

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) का महासचिव विष्णु पौडेललाई पार्टी केन्द्रको सचिवालय संचालन सम्वन्धि सम्पूर्ण अधिकार छ । तर, पार्टी सचिवालयको शनिबार ४ बजेको लागि बैठक बोलाइएको जानकारी नै उनीसँग रहेनछ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयबाट विहान ११ बजे महासचिव पौडेललाई फोन आयो ‘आज (शनिवार) बेलुकी ४ बजे बोलाइएको सचिवालय बैठक स्थगित गरी आइतबार ४ बजेलाई सारिएको छ ।’

खासमा शुक्रबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट भएको थियो । भेटमा प्रचण्डले आफूलाई थाहै नदिइ अमेरिका र बेलायतको लागि डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई राजदूत नियुक्तको निर्णय गरेकोमा असुन्तुटि जनाएका थिए ।

प्रचण्डले आफ्नो असन्तुष्टिलाई संवोधन गर्न सचिवालय बैठकको माग गरेका थिए
र उनको असन्तुष्टिलाई थामथुम गर्न ओलीले ‘बैठक बोलाउँला अनि छलफल गरौंला ’ भनेका थिए । अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठक शनिबार हुने र त्यही ओलीलाई र्याख र्याख्ती पार्ने योजना बुनेका रहेछन् ।

केन्द्रीय कमिटी र स्थायी समितिमा आफू स्वतः अल्पमतमा परेका ओलीले ९ सदस्यीय सचिवालयमा समेत कहिले वामदेव गौतमलाई फाकाउन त जहिल्यै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई आफ्नो पक्षमा पारिरहने सकस बेहुर्नु परेको छ ।

आफू पार्टी अध्यक्ष भएदेखि नै पार्टी भित्रै स्थायी प्रतिपक्षीको भूमिकाम रहेका नेता माधवकुमार नेपाललाईं ओलीले सँधै आफ्नो मनमौजी निर्णयको वाधक मान्दै आएका छन् । सचिवालयका दुई सदस्यलाई फकाउँदै र अर्का अध्यक्ष प्रचण्डलाई विरोधी मोर्चामा जान नदिन ओलीले वारम्बार ‘पासा’ फ्याक्नु परेको छ ।

पछिल्लो समय अध्यक्ष दाहालसमेत नेता नेपालसँग मिलेर आफूबिरुद्धको मोर्चाबन्दीमा लागेपछि ओलीको ध्यान दाहाललाई व्यालेन्समा राख्नमै गएको छ ।

आफ्नो स्वार्थ अनुकुल काम गर्ने बानी र स्वभाव भएका ओलीले विगतमा सचिवालय सदस्य र अध्यक्ष दाहालसँग गरेका निर्णय, सहमति र वाचा तोड्न थालेपछि नेकपाभित्र सँधै रडाको हुने गरेको छ ।

ओलीका क्रियाकलाप र कार्यशैलीको बिरुद्ध आफूलाई साथ दिएका नेता नेपालले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन भने साथ नदिएको भन्दै प्रचण्ड समेत नेपालसँग रुष्ट छन् ।

यसरी नेकपा भित्र ओलीदेखि प्रचण्ड डराउने, प्रचण्डदेखि नेपाल डराउने र नेपालदेखि ओली डराउने अवस्थालाई नेकपा भित्र सर्प, भ्यागुतो र बिच्छीको उदाहरण दिने गरिएको छ । नेकपा भित्र ओली सर्पजत्तिकै शक्तिशाली छन् । ओलीसँग प्रचण्ड डराए पनि नेपालसँग ओली डराउने गरेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १७, १६: २८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १७, १६: २८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १७, १६: २८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...