बालुवाटार भित्र कोरोना छिरेपछि नेकपाको विवाद ‘ होम आईसोलेसनमा’ ! – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

बालुवाटार भित्र कोरोना छिरेपछि नेकपाको विवाद ‘ होम आईसोलेसनमा’ !

नयाँ विकल्प,

काठमाडौं–प्रधानमन्त्रीको सचिवालय सदस्यहरुलाई कोरोना संक्रमण भएपछि नेकपाको विवाद होम आईसोलेसनमा परेको छ। सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओलीले सबै किसिमिका भेटघाट बन्द गरेको बालुवाटार स्रोतले बतायो।

प्रधानमन्त्री ओलीको दुई पटक मृगौला प्रत्यारोपण गरेका कारण संक्रमणको निकै जोखिम हुने चिकित्सकहरुले बताएका छन् ।

यसकारण अहिले प्रधानमन्त्री निवास समेत सुनसान बनेको छ। सचिवालयको बैठक आईतबार साँझ ४ बजेलाई बोलाइएको थियो । बैठक स्थागित भएको औपचारिक जानकारी भने हालसम्म सचिवालय सदस्यहरुलाई दिएको छैन।

प्रधानमन्त्रीको सचिवालयका ४ जना सदस्यहरुलाई कोरोना भाइरस पुष्टि भएपछि अनिश्चितता बढेको हो । शनिबार आएको रिपोर्ट अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लहाकार विष्णु रिमाल, परराष्ट्र सल्लहारका राजन भट्टराई , प्रेस सल्लहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीलाई कोरोना संक्रमण देखिएको थियो।

शनिबार सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भए लगतै प्रधानमन्त्री ओलीले तत्काललाई सबै किसिमका भेटघाट बन्द गरिसकेका छन् ।

मन्त्रिपरिषद पुनर्गठन, विभिन्न नियुक्ति, पार्टी एकता लगायतका विषयमा निर्णय गर्न बैठक डाकिएको थियो । सचिवालयको बैठक स्थगित भएपछि नेकपा भित्रको बिवाद समेत स्थगित भएको छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १८, ११: ५०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १८, ११: ५०

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १८, ११: ५०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...