कांग्रेसका ७ केन्द्रीय सदस्यलाई कोरोना भएपछि बैठक २५ गते सारियो – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कांग्रेसका ७ केन्द्रीय सदस्यलाई कोरोना भएपछि बैठक २५ गते सारियो


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र युवा नेता गगनकुमार थापासहित सात केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पार्टी केन्द्रीय कार्यसमितिको १९ गते बस्ने बैठक असोज २५ गतेलाई सरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परिक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु केसी र थापासहित जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायत ६० बढीलाई कोरोना भएको पुष्टि भएको थियो ।

त्यस्तै, काठमाडौं बाहिर कोरोनाको स्वाब परिक्षण गरेको केन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा समेत कोभिड—१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टी सोमबार २ बजे बोलाईएको बैठक स्थगित गरिएको हो ।

आगामी २५ गते हुने केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार १७ गते कोभिड १९ पोजेटिभ भएका संक्रमित नेताहरु होम आइसोलेनसमा र उनीहरुको सम्पर्कमा रहेका अन्य नेताहरु होम क्वारेन्टाइनमा बसेका छन् ।

क्वारेन्टाइन र आइसोलेसनमा शनिबारदेखि बसेका नेताहरुको पाँच दिनपछि पुन स्वाब परिक्षण गरिने छ । त्यसपछि कोरोना संक्रमण नदेखिए मात्र कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने देखिन्छ ।

असोज १५ गते विहीबार कोरोनाको स्वाव दिएका नेताहरुको परिक्षणको रिपोर्ट शनिबार साँझ आउनुअघि नै नेताहरु केसी र थापाले पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सहभागी भएका थिए ।

केसी र थापा उपस्थित बैठकमा सहभगी भएका पार्टीका सबै पदाधिकारी यतिबेला निजी निवासमा क्वारेन्टाइन बनाएर बसेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १८, १६: ४१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १८, १६: ४१

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १८, १६: ४१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...