प्रदेश ५ को राजधानी विवादः शंकरले बालुवाटार भित्रै विष्णुलाई पछारेको त्यो साँझ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

प्रदेश ५ को राजधानी विवादः शंकरले बालुवाटार भित्रै विष्णुलाई पछारेको त्यो साँझ

नयाँ विकल्प

काठमाडौं – नेकपाका महासचिव विष्णु पौडेल , प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसंग दिनहुँ भेट हुन्छ। त्यो पनि प्रधानमन्त्री निवास बालुवाटारमा । बिभिन्न बिषयमा छलफल हुन्छ। तीन नेताको छलफलपछि पार्टीमा छलफलका बिषय तय हुन्छन् ।

५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पार्टीमा हैसियत स्थायी समिति सदस्य मात्र हो। तर उनी प्रदेश ५ को राजधानी तोक्ने बिषयमा भने विष्णु पौडेलभन्दा शक्तिशाली देखिए। प्रदेश ५ को अस्थायी राजधानी बुटवल थियो। अहिलेसम्म तय भएका अस्थायी राजधानीनै स्थायी राजधानीमा परिणत भएका छन् ।

तर बुटवल एउटा अपवाद बन्यो र स्थायी राजधनी दाङको भालुवाङ सार्ने प्रस्ताव प्रदेशसभामा जाने निर्णय सरकारले गर्यो। पौडेल बुटवलका स्थायी बासिन्दा हुन् । उनले अहिलेसम्म बुटवलबाट चुनाव हारेका छैनन्। चुनावअघि र पछि पनि उनले प्रदेश ५ को राजधानी बुटवलमा राख्ने प्रतिवद्धता जाहेर गरेका थिए।

पौडेल कुनै बेला तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल समूहमा थिए। पछि प्रधानमन्त्री ओलीको समूहमा आएका थिए। उनलाई कार्यकर्ताहरुले अंगिकृत ओली समूहका नेताका रुपमा टिप्प्णी गर्थे। तर पोखरेल भने सँधै ओली समूहमा रहीरहे।

त्यसैले पदले विष्णुु पौडेल माथि भएपनि शक्तिमा पोखरेल अगाडि देखिए। बुधबार साँझ प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डबीच प्रदेश ५ को राजधानी तोक्ने बिषयमा छलफल भयो। जसमा राजधानी दाङ तोक्ने बिषयमा पोखरेलले दुबै नेतालाई सहमत गराए।

जसमा महासचिव जस्तो महत्वपूर्ण पदमा रहेको नेता र बुटवलबाट पटक पटक चुनाव जितेका पौडेलाई खबरसम्म भएन । राजधानी तोक्ने त्यो बुधबार साँझलाई शंकर पोखरेलले राजनीतिमा बालुवटारभित्रै पौडेलाई पछारेको महसुस धेरैले गरे ।

अहिले बुटवल नै राजधानी कायम गरियोस भनेर आन्दोलन भईरहेको छ। । प्रदेशकाे राजधानी र नामका विषयमा आजदेखि प्रदेश सभामा छलफल हुने भएको छ। दिउसो १२ बजेपछि बस्ने बैठकमा पेचिलो बनेको राजधानीको विषयमा छलफल हुन लागेको हो।

प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले दाङको भालुवाङलाई राजधानी बनाउने र लुम्बिनी नाम राख्ने निर्णय गरेको थियो। सोही निर्णय प्रदेश सभामा प्रस्तावका रुपमा दर्ता भएको छ। उक्त प्रस्तावमाथि मतदान हुने अवस्था आए भालुवाङकै पक्षमा मतदान गर्न नेकपाले आफ्ना प्रदेश सांसद्हरुलाई निर्देशन दिएको छ।

ह्विप नै जारी गरेको सत्तारुढ नेकपाले सो विषयमा सहमति जुटाउन बिहानदेखि नेकपा संसदीय दलको बैठक बुटवलमा बसिराखेको छ। तर, बैठकमा रुपन्देहीका प्रभावशाली सांसद् भोजप्रसाद श्रेष्ठ सहभागी भएका छैनन्। उनले प्रदेशसभाको बिधायन समितिको संयोजकबाट समेत सोमबार राजीनामा दिएका छन् ।

यद्यपी प्रदेश ५ मा रहेका नेकपाका ६१ सांसद मध्ये बहुसंख्यक भालुवाङको पक्षमा रहेको बुझिएको छ। संविधानतः संसदको कुल सदस्य संख्याको दुई तिहाई मतले प्रदेश राजधानी र नामाकरण गर्न सक्ने व्यवस्था गरेको छ। ८७ सदस्यीय प्रदेश ५ मा दुई तिहाईको लागि ५८ मत आवश्यक पर्छ। नेकपाका ६१ सांसद मध्ये एकजना सभामुख र एकजना उपसभामुखले मतदान गर्न पाउदैनन्।

बाँकी ५९ जनामध्ये नेकपाका १४ जनाले संसदीय दलमा नोट आफ डिसेन्ट लेखेपनि फ्लोर क्रस गर्ने हिम्मत कसैले गर्ने छैनन् भन्ने उदाहारण बागमती प्रदेशबाट लिन सकिन्छ। बागमती प्रदेशमा नेकपाका बहुसंख्यक सदस्यले राजधानी हेटौडा तोक्ने बिषयमा असहमति जनाएपनि पछि पक्षमा भोट हालेका थिए।

यो प्रस्तावमा निर्णय हुँदा नेकपामा सांसदले मतदान गर्दा स्वतः प्रस्ताव पारित हुनेछ। साविक लुम्बिनी, राप्ती र भेरी अन्चल मिलेर बनेको प्रदेश ५ को संसदमा साविक लुम्बिनीको ५१ जना र राप्ती भेरीका ३६ जना सांसद छन्।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १९, १२: १२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १९, १२: १२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १९, १२: १२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...