हो– हल्ला र तोडफोडबीच प्रदेश ५ को नाम र राजधानीकाे प्रस्ताव प्रदेशसभा बैठकमा – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

हो– हल्ला र तोडफोडबीच प्रदेश ५ को नाम र राजधानीकाे प्रस्ताव प्रदेशसभा बैठकमा


नयाँ विकल्प,

काठमआडौ– प्रदेश ५ को राजधानी र नामको प्रस्ताव प्रदेशका अर्थ, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले पेश गर्नुअघि र पछि तथा छलफल हुँदा सभामा तोडफोड र हो हल्ला भएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा मन्त्री केसीले प्रस्ताव टेवुल गर्नुअघि सभामुखको वेल घेरा हालेका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका साँंसदहरुले प्रस्ताव टेबुल भएपछि कुर्सी र माईक तोडफोड गरेका थिए ।

कांग्रेसका प्रदेश सभासदहरुले प्रदेशसभाका आधा दर्जन कुर्र्सी तोडफोड गरेका छन् । उनीहरुले मन्त्रीलाई रोष्टममा जानबाट रोक्ने प्रयास गरेका थिए । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ कायम गर्ने प्रस्तावमा छलफलमा नेकपाकै सभासद्ले असहमति जनाए ।

प्रस्ताव पेश गरे लगतै नेकपाका असन्तुष्ट साँंसद भोजप्रसाद श्रेष्ठले हो हल्ला र कोलाहलका बीच सदन संचालनको विधि उपयुक्त नभएको, राजधानी तोक्ने बिषयमा लोकतान्त्रिक पद्धतिबाट नआएको भन्दै गुनासो गरेका थिए ।

श्रेष्ठले राजधानी तोक्न गठन भएको बिशेष समितिको प्रतिवेदन सांसदको हातमा नभएकोले सदन समक्ष पेश गर्न माग गरेका थिए । असन्तुष्ट साँंसद श्रेष्ठले बारम्बर थप समयको माग गरेपनि सभामुख पूर्णबहादुर घर्तीले समय दिएनन् ।

कांग्रेसकी सांसद तारा जिसीले रुपन्देहीमा गरिएको प्रदर्शन संघीयताका टेलर मात्र भएको भन्दै वास्तविक तस्वीर अझै आउन बाँकी रहेको चेतावनी दिइन् । उनले सत्तारुढ दलका सांसदलाई समेत झुक्याएर राजधानीको नाम माथिबाट लादिएको आरोप लगाइन् ।

सदनको कारबाही चलाईरहँदा सभामूख घर्तीको सामुन्नेमा दुइ जना मर्यादापालकले छेकेका थिए । कुर्सी, माईक र टेबल तोडफोड हुन थालेपछि सभामुखले मर्यादापालकलाई तोकफोड रोक्न रोष्टमबाटै निर्देशन दिएका थिए ।

राजधानीको नाम टेबल गर्न रोष्टमतर्फ गएका प्रदेश मन्त्री केसीको कागजात विपक्षी सांसदले खोसेका थिए । तरपछि मर्यादापालकले सांसदहरुलाई ठेलम ठेल गरी खुम्चिएको र च्यातिएको कागजात धुतेर लिएका थिए ।

मर्यादापालकको धक्का धक्की तथा ठेलम ठेलबाट निस्सासिएका विपक्षी सांसदहरुले आक्रोसित भएर टेबुल, कुर्सी र माईक तोडफोड गरेका थिए ।

सम्बन्धित समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ आश्विन १९, १६: २१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०७७ आश्विन १९, १६: २१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ आश्विन १९, १६: २१

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...