
नयाँ विकल्प
काठमाडाैं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क्यासिनो ‘किङ’ भनेर चिनिने बलराम सापकोटा ‘बले’विरूद्ध विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेको छ।
एक वर्षअघि महाराजगञ्जको जुवा अखडाबाट सापकाेटासहित दुइ दर्जन बढीलाइ प्रहरीले पक्राउ गरेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति छानविन गर्न थालेको थियो। एक वर्ष लामो अनुसन्धानपछि सोमबार सापकाेटा र उनकी श्रीमती सिर्जना कक्षपतिविरूद्ध विभागले मुद्धा दायर गरेकाे हाे ।
सापकाेटाविरूद्ध १७ करोड ४७ लाख र उनकी श्रीमती कक्षपति विरूद्ध दुई करोड ४७ लाख रुपैयाँ बिगो कायम गरी विभागले अदालतमा मुद्दा दायर गरेकाे हाे ।
विभागका अनुसार सापकाेटाले गैरकानुनी रुपमा जोडेको सम्पत्ति मुख्यगरी होटल र घरजग्गामा लगानी गरेकाे दाबी गरेकाे छ । उनकाे प्रत्यक्ष तथा अपत्यक्ष रूपमा गैरकानुनी सम्पती एक अर्ब बढी रहेकाे भन्दै उक्त सम्पती जफत गर्न माग गर्दै विभागले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।
सापकाेटा र उनकी श्रीमतीकाे नाममा झापामा १३ बिगाहा जग्गा छ। त्यही जग्गामा उनको समेत लगानीमा पाँचतारे होटल खुलेको छ। हाेटल मेची क्राउन प्लाजा नामक उक्त होटलमा अनुमतिबिनै क्यासिनोसमेत सञ्चालन गरिएको बिभागले जनाएकाे छ ।
विभागले उक्त क्यासिनो बन्द गर्ने प्रक्रिया समेत अगाडि बढाएकाे छ । सापकोटाको काठमाडौंमा आठ आना जग्गा र त्यसमा बनेको घर , काभ्रेमा रहेकाे ६ रोपनी जग्गा, उनले प्रयाेग गर्ने अत्याधुनिक सवारीसाधन जफतकाे माग गर्दै विभागले विशेष अदालतमा मुद्दा दायर गरेकाे जनाएकाे छ ।
को हुन् बलराम सापकाेटा ?
काभ्रेपलाञ्चाेक जिल्लाकाे तत्कालिन रोशी गाउँपालिकामा जन्मिएका सापकाेटा स्कुल पढदा पढ्दै राेजगारीका लागि काठमाडाैं छिरेका थिए । २०५३/०५४ तिर काठमाडाैं छिरेका उनी ठमेल क्षेत्रमा रेष्टुरेन्टमा काम गर्थे , पछि उनी रेष्टुरेन्टमा सुरक्षा गार्ड हुँदै बाउन्सर बने र उनकाे सम्पर्क गुण्डा नइकेहरूसंग बढ्न थाल्याे ।
उनलाइ धेरैले ‘बले’ भनेर चिन्ने गर्छन् । दरबारमार्गस्थित क्यासिनो अन्नपूर्ण छिरेपछि उनले ठमेल क्षेत्रका ब्यापारी तथा गुण्डाहरूकाे पैसा मिटरब्याजमा लगाएर सम्पति जाेडेर रातारात धनाड्य बनेकाे उनलाइ सहकर्मीहरू बताउँछन् ।
सापकाेटाले क्यासिनाेमा छिर्ने नेपाली ग्रहाक मात्र हैन भारतिय जुवाडेलाइ समेत ब्याजमा पैसा लगाउँथे । व्याजसहित रकम फिर्ता नहुञ्जेल उनले क्यासिनाे बाहिर समेत निस्कन दिदैनथे ।
ब्याजी पैसा नअशुलेसम्म उनले ठूला जुवाडेलाइ समेत आफ्नाे कब्जामै राख्न सकेका थिए । उनकाे यस्ताे धन्दामा कतिपय प्रहरीकै मिलेमताे समेत हुने गरेकाे अाराेप छ ।
२०७० मा एसएसपी रमेश खरेल भेटन हनुमान ढाेक पुगेका सापकाेटालाइ उनले भेट समेत नदिइ अपराधीक गतिविधिमा संलग्न रहेकाे भन्दै परिसरबाटै नियन्त्रणमा लिएका थिए ।
२०७६ काे तिहारमा महाराजगञ्जको मिनी क्यासिनोमा दुई करोड ६७ लाख सहित सापकाेटासहित २५ जना पक्राउ परेका थिए । मिनी क्यासिनाेका सञ्चालक उनै सापकाेटा भएकाे प्रहरीले दाबी गरेकाे छ ।
उक्त जुवा खाल बाट ७ कराेड बढि रकम बरामद भएपनि प्रहरीले साडे २ कराेड मात्र देखाएकाे भन्दै प्रहरी भित्रै अालाेचना गर्ने गरिन्छ । रापकाेटा प्रधानमन्त्री केपी ओलीका विश्वाशीला ब्याक्ति हुन् । ओलीकाे जन्म दिनमा हेलिकाेप्टर चार्टड गरेर केक समेत उनले पुर्याएका थिए ।
प्रधानमन्त्री लगायत नेकपाका प्रभावशाली नेताहरूकाे पूर्वी भागकाे भ्रमणकाे चाँजाेपाँजाे समेत मिलाउने सापकाेटा सम्पती सुद्दिकरणले मुद्दा दायर गरेपछि फरार रहेकाे र सम्पर्कमा नआएकाे विभागले जनाएकाे छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...