
नयाँ विकल्प,
बुटबल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले प्रदेश ५ काे स्थायी राजधानीकाे विषयमा भइरहेकाे विवादलाइ प्रसव पीडा पहिलेका अवस्थाकाे रूपमा चित्रण गरेका छन।
प्रदेश ५ सरकारकाे तर्फबाट प्रदेशकाे स्थायी राजधानी दाङकाे भालुवाङ र नाम लुम्विनी राख्ने प्रस्ताव प्रदेश सभासमक्ष पेश भएछि सभासदहरूले उठाएका प्रश्नकाे विषयमा जवाफ दिँदै मुख्यमन्त्री पाेखरेलले यस्ताे धारणा राखेका हुन् ।
मुख्यमन्त्री पाेखरेलले संघीय लाेकतान्त्रिक गणतन्त्र कार्यान्वयनकाे महत्वपूर्ण चरणमा प्रवेश गरेकाे अवस्थामा हिँजाे (असाेज १९ गते) काे घटना दुखद भएकाे बताए ।
पाेखरेलले प्रदेश ५ सरकार मिनी नेपालकाे प्रतिनिधित्व गर्ने भन्दै हामीले जस्ताे ब्यवहार शैली र संस्कार बनाउने र निर्माण गर्छाै त्याे भाेलिका सन्ततीलले अनुसरण गर्ने भन्दै संसदमा मर्यादीत ब्यवहार गर्न आग्रह गरे ।
मुख्यमन्त्री पाेखरेलले प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुरू देउवाले अस्थाइ तेकेकाे र स्थायी राजधानी ताेक्ने प्रदेश सभाकाे अधिकार रहेकाे बताएकाे अवस्थामा यसलाइ मनन् गर्न आग्रह गरे ।
पाेखरेलले विगतमा एक मदेश एक प्रदेशकाे नारा चलिरहेका बेला अखण्डताकाे नाराले सफलता पाएकाे, प्रदेश बनाउँदा हिमाल पहाड तराइ छुटन नहुने मान्यता बुटबलले स्थापना गरेकाे बताए ।
उनले प्रदेश पाँचकाे समग्र विकास लुम्बिनीसंग जाेडिएकाे भन्दै प्रदेश ५ पूर्व पश्चिम क्षेत्रकाे गेट वे काे रूपमा विकास गर्नुपर्ने बताए । बुटबल क्षेत्रमा सबैभन्दा ठूलाे अस्पताल , कृषि बजार विस्तारकाे चरणमा रहेकाे उनले बताए ।
कपिलबस्तुमा अनेकाै सामर्थ्य रहेकाे भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा परिचित गराउने याेजना अगाडि बढेकाे , नेपालकै सबैभन्दा ठूलाे चिडिया घर बुटबलमा बनाउने विषयमा संभाब्यता अध्यायन भइरहेकाे बताए ।
मुख्यमन्त्री पाेखरेल प्रदेश ५ राजधानी दाङकाे भालुवाङ राख्ने विषयकाे औंचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...