मानेभञ्ज्याङ गाउँपालिकाका वडाध्यक्ष राई बलात्कार गरेको अभियोगमा पक्राउ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

मानेभञ्ज्याङ गाउँपालिकाका वडाध्यक्ष राई बलात्कार गरेको अभियोगमा पक्राउ

नयाँ विकल्प,
ओखलढुंगा – एक स्थानीय महिलामाथि यौन दुव्र्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं –३ का वडाध्यक्ष मेडल राईलाई प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष राईले चार दिनअघि मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले लिखित उजूरी दिएपछि प्रहरीले वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

जबर्जस्ती करणी गरेको जाहेरी आएपछि प्रहरीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान गर्ने तयारी प्रहरीले गरिरहेको छ ।

जबर्जस्ती करणी गरेको सो घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिलाले नमानी प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २०, १९: ०३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २०, १९: ०३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २०, १९: ०३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...