
नयाँ विकल्प,
काठमाडौं –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेम गौतमको मुद्धा दशैपछि सर्ने संभावना बढेर गएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएको विषयमा परेको मुद्दाको सुनुवाई अनन्तकालसम्म लम्बिने अवस्था सिर्जना भएकोले यस अघि हेर्दा हेर्दै को अबस्थामा बुधबार (आजका) लागि सो सुनुवाई सारिएको थियो।
तर सर्बोच्च अदलातका न्यायाधीश सहित कर्मचारीहरुमा कोरोना देखिएपछि सबैधानिक ईजालासमा रहेका अधिकांस न्यायाधीशहरु होम आईसोलेसनमा रहेका कारण आज ईजालस तोेकिएन। सर्बोच्चमा आज दुई वटा मात्र ईजालास बस्ने भएको छ।
गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयबिरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा छन् । सबैधानिक ईजालास सामन्यतय सातामा दुईपटक मात्र बस्ने चलन छ।
न्यायाधीशहरु होम आईसोलेसनमा रहेकाबीचमा नै अदालतमा दशंैको बिदा शुरु हुन्छ,। अदालत ३० असोजबाट बिदा हुने गर्छ । यस हिसाबले गौतमको मुद्धामा यस्तै अवस्था रहे दशै र तिहारका लागि सर्ने निश्चित जस्तै छ।
अर्थसहित सरकारमा सहभागी हुन खोजेका गौतमका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सहमति भएको छैन। गौतमको मुद्धामा सर्वाेच्चमा सुनुवाई नै ढिला भएपछि अव मन्त्रिपरिषद बिस्तारका लागि प्रधानमन्त्रीलाई हाईसन्चो भएको छ।
प्रधानमन्त्री ओली भने गौतमको साटो महासचिव विष्णुु पौडेललाई अर्थमन्त्री बनाउन चाहन्छन् । तर प्रचण्डले गौतमको पक्षमा अडान छाडेका छैनन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...