४ लाख लुटेर भागेका भण्डारी प्रहरीकाे नियन्त्रणमा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

४ लाख लुटेर भागेका भण्डारी प्रहरीकाे नियन्त्रणमा

भक्तपुर- जिल्ला प्रहरी कार्यालय भक्तपुरले लुटपाट गरि भागेकाे एक युवालाइ नियन्त्रमा लिएकाे छ। मध्यपुर ठिमी नगरपालिका-२ मनहरा दिव्यश्वरी प्लानिङबाट काठमाडौं बालाजु बस्ने ३० वर्षीय पुरुषको बा.१५ च ४०५ नम्बरको कारको ढोका फुटाई नगद ४ लाख रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा लोकन्थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३१ वर्षीय धन बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

  महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनको साथबाट अमेरिकी डलर १ को २ सय ९८ वटा, २ को १ वटा, ५० को ३ वटा र १ थान सादा कागजको बिट्टो समेत बरामद गरेको छ । साथै उक्त घटनामा संलग्न रहेका उनकै साथी २५ वर्षीय कमल खड्काले लुटपाट गरेको नगद लिई फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २१, १३: ४७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २१, १३: ४७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २१, १३: ४७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...