

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसले चिकित्सा शिक्षा र सेवा सर्वसुलभको माग गर्दै २४ दिनदेखि आमरण अनसन बसेका प्राडा गोविन्द केसीको स्वास्थ स्थिति जटिल हुँदा समेत सरकारले वार्ता नगरी कात्रो पठाउने तयारी गरेको हो भनी प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रश्न गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ प्रधानमन्त्रीलाई महंगो पर्ने चेतावनी दिएका छन् ।
‘प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा.केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्’ शर्माले बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
सरकारले केसीका माग संवोधन गर्न हालसम्म वार्ता समितिसम्म गठन गरेको छैन ।
कुनै बेला नेकपाका अध्यक्ष प्रचण्डको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्ने केसीको अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गरेको कांग्रेसले आरोप लगाएको छ ।
प्रवक्ता शर्माले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ भन्दै कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् वा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवाद मार्फत उनको माग पूरा गरेको स्मरण गराएका छन् ।
शर्माले डा. केसीसँग गरिएका सम्झौता कार्यान्वयनको सट्टामा उल्टाउने र नयाँ सन्दर्भमा अघि सारिएका माग बारे समाधान खोज्ने लोकतान्त्रिक संस्कार सरकारमा नभएको शर्माले आरोप लगाएका छन् ।
सत्याग्रहीलाई दुव्र्यवहार गर्नेदेखि सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेको शर्माले बताएका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...