
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णुु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले हालका लागि रिक्त मन्त्रालयमा मात्र मन्त्रीहरु नियुक्त गर्न लागेको स्रोतले बतायो। अध्यक्ष प्रचण्डले उपप्रधानमन्त्री सहित अर्थमन्त्री बनाउन उपाध्यक्ष बामदेव गौतमको नाममा अडान लिएपनि प्रधानमन्त्री त्यसमा सहमत छैनन् ।
ओली जसरी पनि पौडेललाईनै अर्थमन्त्री बनाउने पक्षमा छन् । ओलीले पौडेललाई अर्थमन्त्री बनाउनुको अर्थ लुम्बिनीको राजधानीको बिषयपनि जोडिएको छ। मुख्यमन्त्री शंकर पोखरेलको जोडबलमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको निर्देशनमा लुम्बिनीको राजधानी दाङ तोकिएको थियो। आफुसंग कुनै सल्लहा नगरी राजधानी तोकिएको भन्दै प्रधानमन्त्री र अध्यक्ष प्रचण्डसंग असन्तुुष्ट रहदै आएका थिए।
पौडेललाई अर्थमन्त्री बनाउनुको अर्थ बुटवलमा रहेका अस्थायी राजधानीलाई दाङमा तोक्नुको आँसुपुछनीका रुपमा समेत लिन थालिएको छ। ओलीले अर्थमा अडान नाछाडेपछि प्रचण्डको रोजाईमा परेको छ सूचना तथा संचार प्रविधि मन्त्रालय ।
त्यसै पनि पिन्टिङ मेसिन खरिदमा विवादमा तानिएर गोकुल बाँस्कोटाले राजीनामा दिएका कारण उक्त मन्त्रालय सम्हाल्ने विषयमा सर्वत्र चासो छ । तर पनि जस्तासुकै जोखिमको पनि बेवास्ता गर्दै प्रचण्डले त्यसैमा जोडबल गरिरहेका छन् । सामान्यतया सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले विश्वासपात्र व्यक्तिलाई मात्र सञ्चार मन्त्रालयको जिम्मेवारी दिने चलन छ ।
तर, प्रचण्डले भने त्यहाँ जनाद्र्धन शर्मालाई पठाएर व्यवस्थापन गर्न खोजेका छन् । जबकि शक्ति अभ्यास र विकासका हिसाबले कमजोर मन्त्रालय भएकाले शर्मा स्वयंले त्यसमा अरुचि राखे पनि प्रचण्डले कतै भावी दिनमा हुने टेन्डर, सञ्चारको लाइसेन्स वितरणतिर त रुचि राखेका छैनन् भन्ने गम्भीर आशंकासमेत गरिएको छ ।
यो मन्त्रालय जिम्मा लिने नेता सरकारको प्रवक्ता समेत हुने चलन छ। यसैले सरकारको प्रवक्ता आफुनिकट बाहेककालाई दिन ओली सहमत छैनन् । अर्कातिर बाँस्कोटाले आफूलाई हटाउन ‘प्रचण्ड’ले भूमिका खेलेको खुलेआम बताउँदै आएको परिप्रेक्ष्यमा पनि अर्को जोखिम मोल्न खोजेका छन् । यद्यपि, बाँस्कोटाको त्यही आरोपलाई पुष्टि गरेर बदला लिनकै लागि पनि कतै प्रचण्डले पूर्वमाओवादीले पाउनुपर्ने भन्दै अडान राखेका हुन् कि भन्ने आशंका पनि गरिएको छ ।
नेकपाका शीर्ष नेताहरूले नै त्यही मन्त्रालयका लागि प्रचण्डले पार्टी र सरकारलाई विधि र पद्धतिबाट चलाउने तथा धेरै मन्त्री फेरबदल गर्नेगरी पुनर्गठन गर्ने स्थायी समितिको स्प्रिटलाई परित्याग गरेको अर्थमा पनि बुझेका छन् ।
प्रचण्डले भने प्रधानमन्त्रीका विश्वासपात्र बाँस्कोटालाई पुनः त्यही मन्त्रालयमा मन्त्री बन्ने बाटो बन्द गरेर आफूले ओलीलाई झुकाएको सन्देश पार्टी पंक्तिलाई दिन पनि कस्सिएर जोडबल गरिरहेको अनुमान गरिएको छ प्रधानमन्त्रीले मन्त्री बनाउन चाहेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि हुन्।
अर्थमा पौडेल र संचारमा जनार्दन शर्मा आएको खण्डमा उनको भागमा सहरी विकास मन्त्रालय पर्ने छ। तर पाण्डेले आफु अर्थ बाहेक अरु मन्त्री हुन अस्विकार गरेको स्रोतले बतायो।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...