कर्णालीको अविश्वास प्रस्तावको तरङ्गले बाग्मतीका मुख्यमन्त्री तनावमा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कर्णालीको अविश्वास प्रस्तावको तरङ्गले बाग्मतीका मुख्यमन्त्री तनावमा

नयाँ विकल्प
काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध प्रदेशसभा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि विभिन्न शक्ति केन्द्रमा तरंग गएको छ । बिशेषगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई तर्साउन दर्ता भएको आफुु निकटसँग बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही पूर्वमाओवादी कोटाबाट मुख्यमन्त्री बनेका हुन् । उनीविरुद्ध आएको प्रस्तावलाई अध्यक्ष प्रचण्डले यसअघि भएको सहमति विपरित भनि गुनासो गरेको स्रोतले बतायो । शाहीविरुद्धको प्रस्तावको अगुवाई यमलाल कंँडेल पूर्वएमालेबाट चुनाव जितेका हुन् ।

भागबण्डामा सो प्रदेशको मुख्यमन्त्री पूर्वमाओवादीलाई नपरेको भए उनी मुख्यमन्त्रीका सशक्त दावेदार थिए । कुनैबेला नेकपामा उपाध्यक्ष बामदेव गौतम निकट मानिने कंडेल पछिल्लो समय प्रधानमन्त्री ओली क्याम्प निकट थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री हटाउन पूर्वएमालेले अगुवाई गरेपछि बाग्मती प्रदेशका पूर्वमाओवादी सल्बलाएका छन् । पूर्वएमाले समूहभित्रै मुख्यमन्त्री पौडेलप्रति ठुलो असन्तुष्टि रहँदै आएको छ ।

जसरी पूर्वएमालेले शाहीविरुद्ध अविश्वासको प्रसताव ल्याएर प्रचण्डलाई तर्साउन कोशिस गरे त्यसैगरी बागमतीका पूर्वमाओवादीले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको प्रस्ताव ल्याएर प्रधामनन्त्री केपी शर्मा ओलीलाई तर्साउन प्रयास गर्ने भएका छन् । पौडेल प्रधानमन्त्री ओली निकट मानिन्छन् ।

प्रधानमन्त्री ओलीले ठुलो मेहनत गरेर मुख्यमन्त्रीको कुुर्सीमा चढाईदिएका पौडेलको पद पहिलादेखिनै धरापमा छ । नेकपा केन्द्रमा विवाद भएपछि त्यसलाई मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले समेत पौडेललाई मुख्यमन्त्रीबाट हटाउन सुझाव दिएका थिए ।

पार्टीभित्रको समस्या समाधानका लागि केन्द्रमा केही मन्त्रीहरु र प्रदेशमा केही मुुख्यमन्त्रीहरु परिवर्तन गर्ने पनि कार्यदलको सुझाव थियो । तर अहिलेसम्म ति सुझाव कार्यान्वयन भएको छैन ।

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई केन्द्रमा बनेको कार्यदलले परीवर्तन गर्न सिफारिस गरेपनि त्यो कार्यान्वयन नभएपछि प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

एक सदस्यले भने ‘अविश्वासको प्रस्ताव ल्याउँदा अलिकति तितो मिठो गर्नुपर्ने हुन्छ सकेसम्म केन्द्रले उहाँलाई हट्न निर्देशन दियो भने सजिलो हुुन्छ भनेर पर्खेर बस्यौ, तर अहिलेसम्म त्यसो भएन । त्यसकारण छिट्टै प्रस्ताव दर्ता गर्छाैं ।’

ती सदस्यका अनुसार प्रदेशसभाको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । यसका लागि ५० भन्दा बढि संसादले हस्ताक्षर गरेका छन् । ४० सदस्य प्रदेशसभामा नेकपाका ३३ सदस्य छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २६, ११: ३२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २६, ११: ३२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २६, ११: ३२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...