चीनले हुम्लामा नेपाली भूमि मिचिएको घटनाको वास्तविता सार्वजनिक गर्न माग – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

चीनले हुम्लामा नेपाली भूमि मिचिएको घटनाको वास्तविता सार्वजनिक गर्न माग


नयाँ विकल्प,
काठमाडौं – उत्तरी छिमेकी मुलुक चीनले कर्णाली प्रदेशको हुम्ला जिल्लास्थित लाप्चामा नेपाली भूमि मिचिएको सम्वन्धमा नेपाल सरकारले छानबिन र जाँचबुझ गरी सत्य तथ्य सार्वजनिक गर्न सत्तारुढ नेकपाका नेता भिम रावलले माग गरेका छन् ।

सामाजिक सन्जाल ट्वीटरमा सोमबार ट्वीट गर्दै नेता रावलले देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन सत्य तथ्य सार्वजनिक गर्नु पर्ने सरकारसँग माग गरेका हुन ।

रावतलले भनेका छन् ‘हुम्लाको नाम्खा गाउँ पालिकास्थित लिमीको लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्।’

चीनले नेपालसँग कुनै पनि सीमा विवाद नरहेको प्रष्ट पारे पनि हुम्लाको लाप्चामा नेपाली भूमि मिचेको भन्दै यसअघी हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्किन लागेका नेपाली टोलीमाथि चिनियाँ सेनाले अश्रु ग्यास प्रहार गरेको थियो ।

कर्णाली प्रदेशमा प्रमुख विपक्षी दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरेका थिए । नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमास्तम्भ अनुगमनका क्रममा चिनियाँ पक्षले अश्रु ग्यास प्रहार गरेको थियो ।

नाम्खा गाउँ पालिकाका लाप्चास्थित जनप्रतिनिधिहरुले समेत नेपाल र चीनबीच गाडिएको ५, ६, ७ र ८ नम्बर सीमा स्तम्भको अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै पुगेपछि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २६, १३: १८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २६, १३: १८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २६, १३: १८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...