जग्गा किन्ने बहानामा योञ्जनको हत्यापछि लुटपाट गर्ने तीन जना पक्राउ – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

जग्गा किन्ने बहानामा योञ्जनको हत्यापछि लुटपाट गर्ने तीन जना पक्राउ


नयाँ विकल्प,
काठमाडौं – भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–८, सुडालका चन्द्रकुमार योञ्जनसँग जग्गा खरिद गर्ने बहानामा उनलाई एकान्तमा लगेर हत्या गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

सुडालका ६१ वर्षीय योञ्जनको गत बुधबार जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले हत्याका मुख्य योजनाकार कामी शेर्पा भएको जनाएको छ ।

गत बुधबार ४ बजे घरमा आएका तीन युवाले बेच्ने जग्गा देखाउन योञ्जनलाई अनुरोध गरेपछि उनी डेढ किलोमिटर टाढाको दूरीमा रहेको जग्गा देखाउन गएका थिए ।

घरमै मदिरा र किराना पसल संचालन गर्दै आएका योञ्जन घर जग्गाको कारोबार समेत गर्दथे । जग्गा देखाउन गएका योञ्जनलाई जग्गा किन्ने बहाना गरेर आएका तीन युवाले निर्घात कुटेर बेहोस बनाएपछि गरगहना र मोबाइल लुटेर भागेका थिए ।

योञ्जनको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मुख्य योजनाकार कामी शेर्पा रहेको, कुटपिट रमेश तामाङले गरेको र प्रेम तामाङले समात्न सहयोग गरेको बयान उनीहरुले दिएको जनाए ।

सम्बन्धित समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ आश्विन २७, १३: १५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ आश्विन २७, १३: १५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ आश्विन २७, १३: १५

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...