काठमाडौं । चलचित्र ‘ड्रिम गर्ल’ निर्माण सुरु भएको छ । बिहीबार राजधानीमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरियो । सोही दिन फिल्मको मुहुर्त गरियो ।
बिहिबार निर्माता अशोक शर्मा, संबिधानबिद् डा. भीमार्जुन आचार्य, सिनेकर्मी शम्भु प्रधान, नूतन प्रधान, पत्रकार लक्ष्मण सुवेदी, अभिनेता अर्जुन श्रेष्ठलगायतले यो चलचित्रको मुहुर्त गरे । उनीहरुले चलचित्रको सफलताको कामना पनि गरे ।
शुक्रबारबाटै यो चलचित्रको छायाँकन सुरु भएको हो । ऋषिराज आचार्यको निर्देशनमा यो चलचित्र तयार हुँदैछ ।अर्जुन शर्मा, निर्देशक आचार्यले निर्माण गर्ने यो चलचित्रका सह निर्माता रामेश्वर धिताल, अन्टो रोचा रोवन हुन् । ड्रिमगर्लमा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डित लगायतको अभिनय रहने छ ।
काभ्रे । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा गर्दैछ । दिउँसो १ बजे हुने सभामा अध्यक्ष राजेन्द्र...
सुर्खेत । युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११औँ संस्करणको नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव जारी छ ।कात्तिक १९ गतेदेखि...