काठमाडौं । चलचित्र ‘ड्रिम गर्ल’ निर्माण सुरु भएको छ । बिहीबार राजधानीमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरियो । सोही दिन फिल्मको मुहुर्त गरियो ।
बिहिबार निर्माता अशोक शर्मा, संबिधानबिद् डा. भीमार्जुन आचार्य, सिनेकर्मी शम्भु प्रधान, नूतन प्रधान, पत्रकार लक्ष्मण सुवेदी, अभिनेता अर्जुन श्रेष्ठलगायतले यो चलचित्रको मुहुर्त गरे । उनीहरुले चलचित्रको सफलताको कामना पनि गरे ।
शुक्रबारबाटै यो चलचित्रको छायाँकन सुरु भएको हो । ऋषिराज आचार्यको निर्देशनमा यो चलचित्र तयार हुँदैछ ।अर्जुन शर्मा, निर्देशक आचार्यले निर्माण गर्ने यो चलचित्रका सह निर्माता रामेश्वर धिताल, अन्टो रोचा रोवन हुन् । ड्रिमगर्लमा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डित लगायतको अभिनय रहने छ ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...