

नयाँ विकल्प,
काठमाडौं – रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत जेठ १० मा ६ युवाको ज्यान जाने गरी भएको घटनाका २ अभियुक्तलाई छाड्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ ।
घटनामा मारिएका नवराज विककी ‘प्रेमिका’ भनिएकी मल्ल थरकी युवती र उनकी एक आफन्त किशोरीलाई जिल्ला अदालतले बाल सुधारगृहमा पुर्र्पक्षका लागि राख्न र एक किशोरीलाई एक लाख धरौटीमा र तीन जनालाई साधारण तारेखमा छाड्न दिएको आदेश उच्चअदालतले बद्धर गरेको हो ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश डा. कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टको संयुक्त इजलासामा पेश भएको सो मुद्धामा दुई न्यायाधिशबीच सो घटनामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकामध्ये ६ जनालाई साधरण तारेखमा छाड्ने र नछाड्ने बिषयमा राय बाझिएको छ ।
जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश विद्याराज पौडेलले प्रतिवादी बनाई ३४ जनालाई मुद्धा दायर भएकोमा दुई किशोरीलाई बाल सुधारगृहमा, एक किसोरीलाई एक लाख धरौटीमा, तीनलाई साधारण तारेखमा र २८ लाई पुर्पपक्षको लागि कारागार चलान गर्ने आदेश दिएका थिए ।
सोती घटनामा जिल्ला अदालतले गरेको आदेशमा चित्त नबुझी वादी र प्रतिवादी दुबै उच्च अदालत सुर्खेत गएका थिए । न्यायाधिश भट्टले २८ मध्ये ६ जनालाई साधारण तारेखमा छोड्न नमिलल्ने जनाउँदै जिल्ला अदालत रुकुम पश्चिमकै आदेशमा सहमत भएका छन् ।
तर, मुख्य न्यायाधिश डा. चुडालले भने जिल्ला अदालत पश्चिम रुकुमको आदेशका प्रतिवादीहरू सबिन पुन, भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुनसमेत गरी ६ जनालाई साधारण तारेखमा छाड्नु पर्ने आदेश दिएका थिए ।
एउटै मुद्धामा दुई न्यायाधिशबचि राय बाझिएपछि अब तेस्रो न्यायाधीश समक्ष पेश गरेर निर्णय लिनुपर्ने कानुनी व्यवस्था छ । तेश्रो न्यायाधिशको राय यसअघि राय दिने न्यायाधिशसँग राय नमिलेमा सर्वोच्च अदालतमा सो मुद्धा जाने देखिन्छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...