बिचरा ईश्वर पोखरेल ! सानो टेवुल, एक बोतल सेनिटाइजर र टिस्युु पेपर – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

बिचरा ईश्वर पोखरेल ! सानो टेवुल, एक बोतल सेनिटाइजर र टिस्युु पेपर

नयाँ विकल्प,

काठमाडौं – बुधबारसम्म झकि झकाउ कार्यालयमा बसेका र आफुलाई प्रधानमन्त्री बराबर ठान्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलेको पदबाहाली हेर्दा टिठ लाग्दो थियो।

प्रधानमन्त्री कार्यालयको एका छेउमा उनको पदबाहालीको दृष्य हेर्दा सरकारी कार्यालयको दर्ता चलानी फाँट जस्तो देखिन्थ्यो।

अरु मन्त्रीहरुले कुर्सी वरीपरी कम्युटर लगायत फाईलका चाङ देखिन्थे। तर उपप्रधानमन्त्री ईश्वर पोखरेलले पदबाहाली गरेको बेला उनको टेवुलमा न कम्युटर थियो, न फाईलको चाङनै थियो।

थियो त केवल एउटा सानो बोतलमा सेनिटाइजर र अर्को छेउमा टिस्यु पेपर । खासमा पार्टीको सचिवालयमा समीकरणका कारण ईश्वर पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओालीले बिदाई नगरेका हुन् ।

तर कुरा प्रस्टै छ – उनलाई अप्रत्यक्ष हटाएको नै हो। जसरी मान्छेलाई मिलाएर सराप्नु पर्दा ‘तँ मरिजा भन्नुको साटो तपाईको श्राद्धको प्रसाद खान पाईयोस’ भनिन्छ ।

त्यसैगरी ईश्वर पोखरेललाई सरकारबाट बिदा गरिएको हो । रक्षा मन्त्रालयमा तीनवटा तलामा उनको सचिवालय रहने गर्थ्यो। तर अव एउटा कोठाबाट चल्नेछ उनको सचिवालय ।

किन भने प्रधानमन्त्री कार्यालय अलिक साँघुरोनै छ। २०७२ बैशाखकाे महाभुकम्पले तत्कालिन प्रधानमन्त्रीकाे कार्यालय जीर्ण भएपछि साविककाे स्थानीय विकास मन्त्रालयलाइ नै प्रधानमन्त्री कार्यालयकाे रूपमा प्रयाेग गरिएकाे छ ।

किन हटाइए पोखरेल ?

प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकालको पहिलो वर्ष महत्वाकांक्षी योजना सार्वजनिक गरिरहँदा रक्षामन्त्री ईश्वर पोखरेल त्यसबाट सन्तुष्ट थिएनन् । सेनापति थापा धेरै चर्चामा आउन खोजेको मन्त्री पोखरेलको बुझाइ थियो ।

आफुभन्दा सेना चर्चामा आउन खोजेको भन्दै पोखरेल असन्तुष्ट बनेका थिए। काठमाडौ – निजगढ फास्टट्याकदेखि औषधी खरिदसम्म सेना र पोखरेलबीच टसल बढ्दै गएको थियो।

प्रधान सेनापति पूर्णचन्द्र थापाले पोखरेलविरुद्ध पटक पटक गुनासो पोखेका थिए। त्यसैकारण प्रधानमन्त्री ओलीले रक्षा मन्त्रीको फुली खोसेर पोखरेललाई आफ्नै सचिवालयकाे हैसियतमा ल्याइदिएका थिए ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७७ आश्विन ३०, १२: ०२

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७७ आश्विन ३०, १२: ०२

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७७ आश्विन ३०, १२: ०२

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...