

नयाँ विकल्प,
काठमाडौं – कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १२ स्थित अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक आइतबार मृत भेटिएपछि अनुसन्धानको लागि ११ जनालाई पक्राउ गरिएको छ ।
अस्थायी बिटमा कार्यरत दुई प्रहरी शनिबार साँझमा गस्तीमा निस्किएका थिए । गस्तीमा गएकामध्ये किवको शव भेटिए पनि प्रहरी जवान रामबहादुर साउद अझै बेपत्ता भएका छन् ।
असाई बिकको शव सशस्त्र प्रहरीको गोताखोरले पत्ता लाएको छ । सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रहरी कार्यालयले धनगढी क्षेत्रमा तस्करको समूहले सहायक निरिक्षक बिक र जवान साउदको हत्याको आशंकामा अनुसन्धान गर्न ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...