
नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं एकका प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले सरकारले सांसदहरुलाई दशैं भत्ता दिएर सांसदकै बद्नाम गराउन खोजेको आरोप लगाएका छन् ।
कोरोना भाइरसको महामारीको बेला सांसदहरूलाई भत्ता दिएर सरकारले आफूजस्तै सांसदलाई पनि जनतामाझ आलोचित बनाएर बदनाम गराउन खोजेको भन्दै सिंहले आइतबार विज्ञप्तिमार्फत आरोप लगाएका छन् ।
‘एकातिर जनतालाई पिसिआर परीक्षणसमेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दसैं भत्ता दिने सरकारी निर्णय निन्दनीय छ,’ सिंहले भनेका छन्, ‘भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले सांसदहरूलाई दसैं भत्ता दिएर बदनाम गराउने दुरासय राखेको प्रष्ट देखिएको छ ।’
महामारीका बेलामा सांसदहरुलाई दसैं भत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनु पर्नेमा सिंहको जोड छ ।
उनले दशैं भत्ताका नाममा आफ्नो खातामा आएको रकम फिर्ता गर्ने समेत जनाएका छन् ।
‘दसैं भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु । सांसदहरुलाई आएको दसैं भत्ता फिर्ताको निर्णय गरेर आफूजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रह गर्दछु,’ उनले भनेका छन्।
नागरिकहरु समस्यामा रहँदा सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर छ रहेको भन्दै सिंहले कांग्रेसले संसदमा नै सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गरेको र तर, सरकार समय छँदा गैरजिम्मेवार अभिव्यक्तिमै रुमलिएको आरोप लगाए ।
कोरोना नियन्त्रणका नाममा करोडौं रकम अनियमिततामा समेत सरकार मुछिएको जनाउँदै उनले जनता कोरोनासँग संघर्षमा रहँदा सरकारका मन्त्रीहरु मेडिकल सामाग्री खरिदका नाममा विचौलिया पोस्ने र कमिसनको चक्करमा रमाउने गरेको दाबी गरे ।
महामारीको यस्तो संकटपुर्ण बेलामा सरकार अत्यन्त अमानवीय र असंवेदनशिल देखिएकोमा सिंहले खेद व्यक्त गरेका छन् ।
विकास कि जनताको जीवन ? भन्ने प्रश्न आउँदा जनताको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ भन्दै सिंहले १२ अर्ब कोरोना संक्रमितको सेवामा सकिएको सरकारले हिसाव देखाउँदा जनताले विश्वास गर्ने कुनै ठाउँ नरहेको सिंहले प्रष्ट पारे ।
मेडिकल सामाग्री खरिद गर्न, आइसोलेसन वार्ड र भेन्टिलेटर बनाउन र आइसियु वार्ड थप्ने काम दुई तिहाईको सरकारले गर्न नसकी इतिहासमै जनताप्रति गैरजिम्मेवार सरकारका रुपमा स्थापित भएको सिंहले आरोप लगाएका छन् ।
नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर आफुजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन सांसद सिंहले आग्रह गरेका छन् ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...