आफ्ना सांसद र नेताको दबाबपछि कांग्रेस सभापतिले दिए ‘दशैं भत्ता फिर्ता’को निर्देशन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

आफ्ना सांसद र नेताको दबाबपछि कांग्रेस सभापतिले दिए ‘दशैं भत्ता फिर्ता’को निर्देशन


नयाँ विकल्प,

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय सांसदहरुका लागि उपलब्ध गराइएको दशैं भक्ता फिर्ता गर्ने निर्णय गरेको छ ।

संघीय संसदका सदस्यहरुले कोरोना महामारीमा परेर नागरिकले उपचार नपाइरहेको अवस्थामा संघीय संसदका सदस्यले दशैंको भक्ता लिएको भनेर चौतर्फी आलोचना भएपछि कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्ना सबै सांसदलाई निर्देशन दिएका हुन् ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह, संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँड, सांसद डा. मिनेन्द्र रिजाल, भिमसेनदास प्रधान लगायतले कांग्रेसका सबै सांसदले दशैं भत्ता फिर्ता गर्नु पर्ने माग गरेका थिए ।

पूर्वमहामन्त्री सिंह, प्रमुख सचेतक खाँड, सांसद प्रधान, रिजाल लगायतका कांग्रेस सांसदले व्यक्तिगत रुपमा दशैं भक्ता फिर्ता गर्न थालेपछि महामन्त्री पूर्णबहादुर खड्काले सोमबार बिहान फेसवुक स्टाटस मार्फत दशैं भत्ता बापत कांग्रेस सांसदले पाउने रकम फिर्ताको निर्णय संस्थागत रुपमा गर्नु पर्ने सुझाव दिएका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदीय दलका सदस्यसँग छलफल नै नगरी र दलको औपचारिक छलफल नै नगरी सरकारले सांसदको हैसियतमा उपलब्ध गराउको दशैं भक्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्राचार गरेका थिए ।

यता महामन्त्री खड्काले दशैं भत्ता नलिई कोरोना उपचार कोषमा जम्मा हुने गरी सांसदले दशैं भक्ता बापत पाउने रकम फिर्ता गर्नु पर्ने माग पार्टी नेतृत्वसँग गरेका थिए ।

सांसद डा. रिजालले व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत निर्णय गरी सांसदले पाउने दशैं भत्ता बापतको रकम फिर्ताको माग गरेका थिए ।

दलका प्रमुख सचेतक खाँडले व्यक्तिगत रुपमा दशैं भर्ता फिर्ता गर्ने निर्णयको केन्द्रीय सदस्य तथा सांसद मिन विश्वकर्माले पनि असहमति प्रकट गरेका छन् । उनले सरकारले जनताको उपचार नगर्ने भनेर पन्छने काम गरेको अवस्थामा पुन सरकारलाई नै रकम फिर्ता गरेर गरिव र श्रमिक वर्गले राहत नपाउने बताएका छन् ।

संसदीय दलका नेता देउवाले पार्टीका संसदीय दलका सबै सदस्यलाई दर्शैं भत्ता बापतको रकम फिर्ता गर्न निर्देशन दिए पनि कतिपय सांसदहरुले राजधानी काठमाडौं छाडिसकेका छन् भने कतिपय सांसदले खर्च समेत गरिसकेका छन् ।

कांग्रेस संसदीय दलले गरेको यस्तो निर्णयलाई कतिपयले अपरिपक्व र सस्तो लोकप्रियताको लागि चालिएको कदम भन्दै टिप्पणी गरेका छन् । सत्तारुढ नेकपाका सांसद डा. भिम रावलले दशैं भत्ता फिर्ता गरेपछि कांग्रेसका कतिपय सांसदमा पनि भत्ता फिर्ता गर्ने लहर चलेको थियो ।

नेपाली कांग्रेसका ६७ सांसद संघीय संसदमा रहेका छन् । प्रतिनिधिसभाका ६३ जना सांसदमध्ये दलका उपनेता समेत रहेका विजयकुमार गच्छदार र रौतहटका सांसद मोहम्मद अफताव आलम निलम्वनमा परेका छन् । राष्ट्रिय सभामा भने कांग्रेसका ६ जना सांसद छन् ।

संसद सचिवालयले संघीय संसदका सदस्यलाई दर्शै भक्ता बापत ६४ हजार ७० रुपैयाँ उपलब्ध गराएका थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ३, १२: ४६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक ३, १२: ४६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ३, १२: ४६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...