कांग्रेसको प्रश्न– महामारीमा उपचार नगर्ने सरकार किन चाहियो ? – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कांग्रेसको प्रश्न– महामारीमा उपचार नगर्ने सरकार किन चाहियो ?

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसले कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परिक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई ‘अत्यन्तै गैह्र जिम्मेवार ब्यवहार’ भनी टिप्पणी गरेको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर संक्रामक रोग उपचारको कानूनी ब्यवस्था अनुरुप सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन भन्दै सर्वोच्च अदालतको आदेशलाई समेत पालना नगरेको भन्दै आपत्ति जनाएका छन् ।

मन्त्रीपरिषद्को निर्णयको हवाला दिँदै आइतबार स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अबदेखि कोराना संक्रमितको सम्पूर्ण खर्च सरकारले नबेहोर्ने जानकारी गराएका थिए ।

सर्वोच्च अदालतले कोरोना संक्रमितकोउपचार निःशुल्क रूपमा गर्न प्रबन्ध मिलाउन दिएको आदेशलाई पालना नगरेको भन्दै प्रवक्ता शर्माले प्रश्न गरे ‘जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ?’

कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव ब्यवस्थापनमा सम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको कांग्रेसको ठहर छ ।

प्रवक्ता शर्माले उपचारको दायित्वबाट पन्छिए पश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्दत रहेको पुष्टि भएको दाबी गरे ।

सांसद विकास कोष, दशैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउने कर्तव्य पुरा गर्न चेतावनी दिंदै कांग्रेसले कोरोना परिक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन बिशेष संवेदनशीलताका लागि प्रधानमन्त्री र उनको सरकारलाई अपील र आग्रह गरेका छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ३, १३: ५७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक ३, १३: ५७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ३, १३: ५७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...