

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद मिन बिश्वकर्माले संघीय संसदका सदस्यबीच दशैं भत्ता फिर्ताको घोषणाको प्रतिष्पर्धा चलिरहँदा भत्ता आफुले नलिने मात्र होइन गरिव जनतालाई दिने पनि कुरा गरौं भनेर पार्टी नेतृत्वसँग माग गरेका छन् ।
उनले सरकारलाई भत्ता फिर्ता गर्ने घोषणा गर्नुको अर्थ आफूले नबुझेको प्रतिक्रिया समेत दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नेता विश्वकर्माले केही सांसदहरुले दशैं भत्ता फिर्ता गर्दा ती गरिव, मजदुर, श्रमिक एबम् महिनौदेखि बेरोजगार दैनिक ज्यालादारीमा काम गर्ने भोका पेट बसेकाहरुको घरमा चाहिँ के कसरी राहत पुग्छ ? भनेर ध्यान दिन आग्रह गरेको छन् ।
‘दल र नेताहरुले ब्यतिगत लोकप्रियताभन्दा परिणाममुखी नीतिगत निर्णय गरेर कार्यान्वयन गर्न सरकारलाई बाध्य पार्नु होइन र? निर्वाचन क्षेत्र पूर्वाधार बिकासका नाममा सांसद कोषको छ करोड रुपैयाँ बारे कोही नबोल्ने अनि एक दुई जनाले सरकारी कोषमै केही लाख रकम त्यो पनि प्रयोजनहिन अवस्थाका लागि फिर्ता गरेर के परिणाम आउँछ?’ उनको प्रश्न छ ।
नेता विश्वकर्मा लेख्छन ‘भोका पेटले यो चाड पर्वमा के पाउँछन ? सरकार त अब कोरोना जाँच र उपचार पनि नगर्नेमा पुगिस्क्यो । यस्तो जनबिरोधि सरकार र त्यसको कोषमा रकम फिर्ता गर्नु बुद्धिमानी हो र ? बरु नेपाली कांग्रेसले दलिय निर्णय गरौं र जति सक्दो निम्न बर्गमा राहत पुराऔं ।’
नेता विश्वकर्माले जनता पिडामा बाचेको बेला सांसदले दशै भत्ता नलिने फिर्ता गर्ने दलका नेता देउबाको संस्थागत निर्णयको भने स्वागत गर्दै फिर्ता गरिने रकम पारदर्शी ढङ्गले राहतको रुपमा जनतामा पुर्याउने पहल गर्न अझै हार्दिक अनुरोध गर्दछु भनेका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले व्यक्तिगत रुपमा संसद सचिवालयका महासचिवलाई चिठी लेख्दै आफूले दशैं भत्ता बापत पाएको रकम फिर्ता गरिदिन भन्दै अनुरोध गरेपछि कांग्रेसमा दशैं भत्ता फिर्ताको लागि नेतृत्वमा दबाब परेका थियो ।
कांग्रेसले एकातिर कोरोना उपचार कोषमा रकम हुँदा हुँदै नागरिकलाई निशुल्क कोरोनाको उपचार नगर्ने घोषणाको बिरोध गरेको छ भने अर्को तिर संसद सचिवालयमा पत्राचार गर्दै कांग्रेसका ६७ सांसदले पाउने दशैं भक्ताको रकम ४३ लाख २० हजार आठ सय १० रुपैयाँ फिर्ताको लागि आग्रह गरेको छ ।
कांग्रेसले सो रकम कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गरिदिन आग्रह गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...