

नयाँ विकल्प,
काठमाडौं – दुई दिनदेखि बेपत्ता भएका कैलालीको धनगढीस्थित प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मंगलबार मोहना नदीमा भेटिएको छ ।
गत शनिबार साँझ नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान साउद बेपत्ता भएका थिए । विकको शब विभत्स अवस्थामा आइतबार बिहानै मोहना नदीमा भेटिएको थियो ।
सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो । भने प्रहरी जवानको साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो ।
प्रहरीले बिकको हत्यामा संलग्न रहेको आशंकामा ११ जनालाई आइतबार नै पक्राउ गरिसकेको जनाएको छ । संलग्न मध्ये केही अझै फरार रहेकोले खोजी कार्य तिब्र बनाएको प्रहरीले दाबी गरेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...