विवेकशील र साझा पार्टीको एकीकरण प्रक्रिया शुरु, दुवै दलको केन्द्रमा छलफल – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

विवेकशील र साझा पार्टीको एकीकरण प्रक्रिया शुरु, दुवै दलको केन्द्रमा छलफल


नयाँ विकल्प,

काठमाडौं – सुशासनको पक्ष र भ्रष्टाचारको बिरोधमा अग्रमोर्चामा उभिँदै आएका दुई दल विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको प्रक्रिया शुरु भएको छ ।

२०७४ को स्थानीय निर्वाचनबाट जनमानसमा विवेकशील र साझा दुवै दलले चर्चासँगै लोकप्रियता कमाएका थिए । त्यसपछि ०७४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनअघि एकीकरण भइ आफ्ना प्रतिनिधिस जिताउन समेत सफल भएका थिए ।

प्रदेश र संघीय निर्वाचन सम्पन्न भएलगत्तै विबेकशील साझा पार्टी विभाजित भएको थियो ।

दुवै पार्टीको राजनीतिक संवाद समितिले दुई दलबीच एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ का रूपमा गत असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो ।

साझा पार्टीका संयोजक मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष पाण्डेले आआफ्नो पार्टीको संघीय र केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका दुवै दलले विकृत राजनीतिको बिरुद्ध एकीकरणको प्रयास गरिरहेका छन् ।

विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेको साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले बताए ।

सो प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ–आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ ।

विवेकशील नेपाली दलले संवाद समिति संयोजक निर्देश सिलवाल र साझा पार्टीले संवाद समिति संयोजकमा समीक्षा बास्कोटालाई जिम्मेवारी दिएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ४, १५: ०१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक ४, १५: ०१

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ४, १५: ०१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...