मटर तस्करी रोक्न खोज्दा कैलालीमा असई विक र जवान साउदको हत्या भएको खुलासा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

मटर तस्करी रोक्न खोज्दा कैलालीमा असई विक र जवान साउदको हत्या भएको खुलासा


नयाँ बिकल्प,

काठमाडौं – कैलालीको मोहना नदी किनारामा मृत अवस्थामा भेटिएका धनगढीको जुगेडा अस्थायी प्रहरी बिटका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको खुलेको छ ।

अस्थायी प्रहरी बिट जुगेडाबाट शनिबार साँझ गस्तिमा हिँडेका असाई बिकको शब आइतबार बिहान र जवान साउदको मंगलबार मोहना नदी किनारामा विभत्स मृत अवस्थामा भेटिएको थियो ।

विक र साउदको मृत्युको कारण हत्याबाट भएको आशंकामा प्रहरीले सोमबार ११ जनालाई नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकामध्ये ७ जनाले विक र साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको जनाएका छन् ।

प्रहरीका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकाका आधारमा समातिएका १३ मध्ये ६ जनाले भने सो घटनामा आफ्नो संलग्नता स्वीकारेका छैनन् ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीमा गएका बेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेको प्रहरीको प्रारम्भिक छानबिनबाट खुलेको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीका अधिकारीहरुले खोज्दा पनि असइ विकको शव नभेटिए पछि आशंकामा पक्राउ परेका अभियुक्तले दुवैको हत्या स्वीकारेका थिए ।

असई विकको शब बालुवामा आधा गाडेको अवस्थामा मंगलबार भेटिएको थियो भने जवान साउदको टाउकोमा लाठी र गद्र्धनमा फरुवाको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ४, १६: २५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक ४, १६: २५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक ४, १६: २५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...