भारतीय गुप्तर संस्था ‘रअ’ का प्रमुख नेपालमा – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

भारतीय गुप्तर संस्था ‘रअ’ का प्रमुख नेपालमा


नयाँ विकल्प,

काठमाडौं –भारतीय गुप्तचर संस्था ‘रअ’ (रिसर्च एनालाईसिस विंग्स) का प्रमुख सामन्तकुमार गोयल बुधबार दिउँसो चार्टर्ड विमानमार्फत काठमाडौं आएका छन् ।

चार्टर्ड विमानमा बुधबार दिउँसो काठमाडौं उत्रिएका उनी आजै राति ९ बजे नै नयाँदिल्ली फर्किने भएका छन् । उच्च सरकारी स्रोतका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका केही उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ ।

नेपालस्थित सरकारी अधिकारीहरुले उनको भ्रमणलाई अनौपचारिक भनेका छन् । रअ प्रमुखको नेपाल भ्रमण औपचारिक नभएको र यसबारे आधिकारिक जानकारी पनि नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।

नेपालसँग चर्किएको सीमा विवादपछिको तनाव र कोरोना संकटका कारण रोकिएको भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा गोयल नेपाल आउनुलाई महत्वका साथ हेरिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले जनरल नरावणे यही कात्तिक १८ गते नेपाल भ्रमणमा आउने जनाइसकेको छ ।

कोरोना संकटका कारण दुवै देशमा भएको लकडाउनका कारण स्थगित भारतका स्थल सेनाध्यक्ष जनरल नरावणे नेपाल आउन लागेका हुन् । उनी नेपाल आएपछि नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको मान्यता दिने औपचारिका कार्यक्रम गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले २०७६ माघ २० गते नेपाली सनोलाई अनुमति दिइसकेको छ ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
  • २०७७ कार्तिक ५, १७: १७

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले...

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
  • २०७७ कार्तिक ५, १७: १७

काठमाडौं : बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।...

आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
  • २०७७ कार्तिक ५, १७: १७

काठमाडौँ : आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४...