
भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा २१ व्यक्ति वेपत्ता भएका भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण केन्द्रीय परिचालन समितिले बिहीबार जनाएको छ ।
राज्यको क्वाङ ट्रि, थुवा थिएन ह्यु, क्वाङ नाम लगायतका प्रान्तमा गत साताको अन्तमा परेको वर्षाका कारण कम्तीमा ५९ हजार ३०० घर परिवारका कम्तीमा दुई लाख छ हजार ८०० व्यक्तिलाई सुरक्षित स्थलमा सारिएको छ ।
हा तिन्ह र क्वाङ न्हि प्रान्तमा कम्तमिा ४६ हजार ८०० घरहरु डुबानमा परेका र कम्तीमा छ लाख ९१ हजार १०० चौपाया मरेका वा बाढीले बगाएका बताइएको छ ।
भियतनामको उद्योग तथा व्यापार मन्त्रालयका अनुसार विस्थापितलाई पुनः स्थापनाका कामहरु थालिसकिएको छ भने व्यवसायिक अनियमितता हुन नदिन अनुगमनलाई कडा पारिएको छ ।
मौसम विज्ञान विभागले हा तिन्ह, क्वाङ विन्ह, क्वाङ त्री र थुवा थेन हुवा क्षेत्रमा अझै पहिरो र डुबानको उच्च जोखिम रहेको चेतावनी दिएको छ ।–रासस
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले...
काठमाडौं : बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।...
काठमाडौँ : आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४...