
नयाँ विकल्प,
बिरगञ्ज – नेपाल कम्युनिष्ट पार्टी नेकपाको शपथ ग्रहण कार्यक्रम चल्दै गर्दा बीरगंजमा कार्यकर्ताबीच झडप हुँदा घाइते भएका एक कार्यकर्ताको शुक्रबार मृत्यु भएको छ ।
नेकपाको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको वीरगञ्ज पानीट्याङ्कीस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्षाकी प्रहरी उपरीक्षक गंगा पन्तले जनाएकी छन् ।
बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो । एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो । उक्त झडपमा आठ जना घाइते थिए ।
गम्भीर घाईते भएका उत्तम तिवारीको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका तिवारीको सघन उपचार कक्षमा उपचार भइरहेको हो ।
झडपमा संलग्न रहेको आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...