दोहा विमानस्थलको बाथरूममा बेवारिसे नवजात शिशु भेटियाे – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

दोहा विमानस्थलको बाथरूममा बेवारिसे नवजात शिशु भेटियाे

नयाँ विकल्प
एजेन्सी -दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलको बाथरूममा एउटा नवजात शिशु भेटिएको घटनाले अहिले अष्ट्रेलिया र कतारको सम्बन्धमा तरंग ल्याएको छ। घटना गत अक्टोबर २ तारिखको हो।

विमानस्थल टर्मिनलको बाथरूमभित्र फोहोर फाल्ने ठाउँमा कर्मचारीहरूले एउटा बच्ची फेला पारेका थिए। भर्खर जन्मिएकी ती बच्चीलाई प्लाष्टिकले बेरेर माथिबाट फोहोरले छोपेर राखिएको थियो। त्यही ठाउँमा मरोस् भनेर बच्चा फालिएको हुन सक्ने अधिकारीहरूले जनाएका छन्।कतारी अधिकारीका अनुसार बच्चीको तत्काल उद्धार गरिएको थियो। बच्ची भेटिनासाथ विमानस्थलका अधिकारीहरूले अष्ट्रेलियाको सिड्नी जान कतार एयरवेजको जहाजमा चढेका महिलाहरूलाई सोधपुछ थालेका थिए।

बच्चाको आमा पत्ता लगाउने धाउन्नमा रहेका अधिकारीहरूले सामान्य सोधपुछमात्रै गरेनन्, उनीहरूलाई जबरजस्ती अन्डरवेयर खोल्न लगाए र यौनांगको परीक्षण गरे। उनीहरू कसैलाई पनि अधिकारीहरूले फेला परेको बच्चाकी आमा पत्ता लगाउन यस्तो परीक्षण गरिएको जानकारी दिइएको थिएन।

उक्त घटनाले त्यो दिन १० वटा फ्लाइटलाई असर पारेको बताइएको छ। यसरी विमानस्थलमा अधिकारीको दुर्व्यवहार भोग्ने १८ महिलामध्ये १३ जना अष्ट्रेलियन थिए। उनीहरूले आफूले भोगेको दुर्व्यवहारबारे अष्ट्रेलियाली अधिकारीहरूलाई जानकारी दिएपछि केही दिनअघि घटना सार्वजनिक भएको हो।

बुधबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कतारी अधिकारीहरूको उक्त व्यवहार अस्वीकार्य र भयावह भएको बताएका छन्। उनले उक्त व्यवहार गर्नुको चित्तबुझ्दो जवाफ माग्ने र भविष्यमा यस्ता घटना हुन नदिने सुनिश्चितताका लागि आफ्नो सरकारले कडा कदम चाल्ने बताएका छन्।

उनले घटनाको तत्काल छानबिन गरिनु पर्ने बताएका छन्। अनुसन्धानपछि दुर्व्यवहार भोगेका महिलासँग कतारले सार्वजनिक माफी माग्ने, उनीहरूलाई क्षतिपुर्ति दिने विषयमा छलफल गर्न सकिने मोरिसनले बताए। अष्ट्रेलियाले कडा आपत्ति जनाएपछि बुधबार कतार सरकारले घटनाप्रति खेद व्यक्त गरेको छ।

कतार सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ- पहिलो पटक उक्त विमानस्थलमा यस्तो अवस्थामा बच्चा भेटिएको हो। जीवनलाई खतरा पार्ने गरी भएको यो घटनाले कानुनको चरम उल्लंघन गरेकाले अभिभावक खोज्न जहाजभित्र र बच्चा भेटिएको ठाउँ वरपर तुरून्तै अनुसन्धान गर्नुपर्‍यो।

अनुसन्धानको उद्देश्य यस्तो जघन्य अपराध गर्ने व्यक्ति उम्किन नपाओस् भन्ने थियो यसबाट कुनै यात्रुको वैयक्तिक स्वतन्त्रतामा हनन पुग्न गएकोमा कतार सरकार खेद व्यक्त गर्दछ। कतारका प्रधानमन्त्रीले उक्त घटनाको छानबिन गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै रिपोर्ट आउनासाथ सम्बन्धित सबै पक्षलाई उपलब्ध गराउने कतारको वाचा छ। बाथरूममा फेला परेकी बच्चीको अवस्था अहिले सामान्य छ।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०७७ कार्तिक १२, १४: ००

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०७७ कार्तिक १२, १४: ००

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०७७ कार्तिक १२, १४: ००

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...