राष्ट्रिय परिचयपत्र वितरणकालागि गृहले माग्याे १०० कर्मचारी – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

राष्ट्रिय परिचयपत्र वितरणकालागि गृहले माग्याे १०० कर्मचारी

नयाँ विकल्प
काठमाडाैं-गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो।

इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्।लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ।आवेदन दिन पैसा लाग्दैन। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ। दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ।

काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको भनाइ छ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ कार्तिक १३, ११: २७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ कार्तिक १३, ११: २७

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ कार्तिक १३, ११: २७

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...