चौरसिया हत्या घटनामा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

चौरसिया हत्या घटनामा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी

तत्कालिन संविधानसभा सदस्य राजकुमार गुप्ता


नयाँ विकल्प,

काठमाडौं – तत्कालिन नेकपा एमालेका संविधानसभा सदस्य तथा हालको नेकपाका नेता राजकुमार गुप्ताविरुद्ध बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय पर्षा वीरगंजमा किटानी जाहेरी दर्ता भएको छ ।

गत कात्तिक ६ गते नेकपा विन्दवासिनी गाउँ कमिटीको सपथग्रहण समारोहमा पूर्वएमाले पृष्ठभूमि भएका नेकपाका कार्यकर्ताले पूर्वमाओवादी पृष्ठभूमिका नेता मुकेश चौरसियासहित ९ जनालाई आक्रमण गरी घाईते बनाएका थिए ।

उपचारको क्रममा कात्तिक ७ निधन भएका चौरसियाको कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दा र पीडित मुकेसका भाई महेश चौरसियाले पूर्वसभासद गुप्तासहित ८ जनाविरुद्ध किटानी जाहेरी दिँदा जिल्ला प्रहरी कार्यालय पर्षाले जाहेरी लिन मानेको थिएन ।

जिप्रका पर्षाकी प्रमुख एसपी (प्रहरी उपरिक्षक) गंगा पन्तले गुप्ताको नाम हटाएर किटानी जाहेरी दिए मात्र लिने भन्दै अडान लिएपछि सरकारी वकिलको कार्यालयमा पूर्वसभासद् चौरसिया लगायत १२ जनाबिरुद्ध बिहीबार किटानी जाहेरी परेको हो ।

बिहीबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालयले सो किटानी जाहेरी दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय बीरगंजलाई पठाएको हो । अब पूर्वसांसद गुप्ताबिरुद्ध अनुसन्धान तहकिकात गर्न पर्षा प्रहरीलाई बाध्यकारी हुने देखिन्छ ।

चौरसियाको कुटपिटबाट निधन भएपछि बीरगंजमा विगत ६ दिनदेखि दैनिक रुपमा नेकपाका नेताहरुले प्रदर्शन गर्दै आएका छन् । पीडित परिवारका सदस्यहरुले चौरसियाको हत्याको योजनाकार र संरक्षक गुप्ता भएको भन्दै पक्राउ गर्न माग गरेका छन् ।

घटना भएकै दिन पूर्वसभासद गुप्ता काठमाडौं आएर सनराईज सिटी अपार्टमेन्टको एफ सेभेनमा बस्ने गरेको स्रोतले जनायो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १३, १६: ३४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक १३, १६: ३४

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १३, १६: ३४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...