सहकारीमार्फत सरकारले ९५ हजार मेट्रिक टन धान किसानबाट खरिद गर्ने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सहकारीमार्फत सरकारले ९५ हजार मेट्रिक टन धान किसानबाट खरिद गर्ने


नयाँ विकल्प,

काठमाडौं – सरकारले चालु आर्थिक वर्षका लागि सहकारीमार्फत मोटा धान प्रतिक्वीन्टल दुई हजार सात सय ३५ र मध्यम धानको प्रतिक्वीन्टल दुई हजार आठ सय ८५ रुपियाँ न्युनतम समर्थन मूल्य तोकेर खरिद गर्ने भएको छ ।

सहकारीमार्फत धान खरिद गर्ने भनेर कृषि मन्त्रालयले निर्देशिका जारी गरिसकेकोले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई सरकारले प्रतिक्वीन्टल एक सय १२ रुपियाँ अनुदान दिने व्यवस्था गरेको जनाइएको छ ।

एशोसियसन अफ नेपाली एग्रीकल्चर जर्नालिष्ट (अनाज)ले विहिवार राजधानीमा आयोजना गरेको ‘धानको समर्थन मूल्य कार्यान्वयनको अवस्था र भावी कार्यदिशा’ विषयक संवाद कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका निमित्त सचिव योगेन्द्रकुमार कार्कीले किसानको धान राज्यले किनिदिने निर्णयसँगै किसानको अन्य समस्या समाधानको बाटो खुल्दै गएको दावी गरे ।

सचिव कार्कीले ‘धान किन्न सबैलाई खुल्ला भए पनि यसपटक सहकारीमार्फत शुरूवात गरेको जनाए ।

कृषि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा.हरिबहादुर केसीले अन्य बजार, सीमावर्ती बजार, मुद्रास्फिर्ती र किसानको कुल लागतमा २० प्रतिशत नाफा राखेर धानको समर्थन मूल्य तोकिएको दावी गरे ।

खुला बजारमा मूल्य छोड्दा किसान मर्कामा पर्ने गरेकाले किसानको सुरक्षाको लागि न्यूनतम सर्मथन मूल्य तोकिएको उनको भनाइ थियो ।

सरकारले जारी गरेको निर्देशिका अनुसार एउटा सहकारीले पाँच हजार क्वीन्टल धान किन्न पाउने र यसको व्यवस्थापन गरेबापत सरकारले सहकारीलाई अनुदान दिने छ । सहकारीले धान किनेको १५ दिनभित्र किसानको खातामा पैसा हाल्दिनु पर्ने निर्देशिकामा उल्लेख छ ।

राष्ट्रिय कृषक महासंघका उपाध्यक्ष पन्तकाजी श्रेष्ठले सरकारले धानको न्युनतम मूल्य तोकेपनि किसानले सो मूल्य नपाएको गुनासो गरे । उनले व्यापारीले समस्या देखाएर सस्तोमा धान खरिद गर्ने गरेको बताउँदै भने, ‘व्यापारीले पहिले जसरी किसानलाई ठग्थे अहिले पनि समस्या देखाएर ठग्ने नै गरेका छन् । अब पनि सरकारले तोकेको मुल्यमा धान नबिकेको गुनासो आउँछ ।’

किसानलाई भण्डारको समस्या हुँदा खेतीपातिबाटै घर खर्च चलाउनु पर्ने बाध्यता भएकाले स्थानीय निकायलाई परिचालन गरी छिटोभन्दा छिटो किसानको खेतबाटै धान खरिद गर्ने प्रक्रिया मिलाउन उनले सरकारलाई आग्रह पनि गरे ।

नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेम पाठकले राज्यले समर्थन मूल्य शुरुमै तोकेपनि धान किन्नमा ढीलाई गरेको बताए । यतिबेला सबै प्रकृया पुरा गरेर खरिद कार्य शुरु भइसकेको हुन्थ्यो तर अहिले आएर प्रकृया मात्र शुरु गरेको हुनाले केही समस्या हुने हुनले आशंका व्यक्त गरे ।

यसवर्ष ९५ हजार मेट्रिक टन धान कृषि सहकारी संघले किन्ने पाठकले प्रतिबद्धता जनाए । शहकारी मार्फत धान खरिद गर्दा विभिन्न पार्टीका कार्यकर्ता तथा नेताबाट धम्की आएको उनले गुनासो गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले धान खरिद गर्दा त्यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने भन्दै निर्देशिका अनुसार सहकारीहरुले १८ प्रतिशत चिस्यान भएको धानलाई न्युनतम समर्थन मूल्यमा खरिद गर्नु पर्ने तर धानमा १८ देखि २२ प्रतिशत चिस्यान भएका हुनाले त्यसको भण्डारणमा ध्यान दिन सुझाव दिए ।

सरकारले जेठ २ गते नै चालु आर्थिक वर्षका लागि धानको न्युनतम समर्थन मूल्य तोकेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १३, १८: २९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक १३, १८: २९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १३, १८: २९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...