कश्मिरमा बिजेपीका तीन कार्यकर्ताको गोली हानी हत्या – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

कश्मिरमा बिजेपीका तीन कार्यकर्ताको गोली हानी हत्या


नयाँ विकल्प
काठमाडाैं-भारतकाे उत्तरपश्चिमकाे राज्य कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दल भारतीय जनता पार्टी (बिजेपी)का तीन कार्यकर्ताको गोली हानी हत्या गरेका छन्। मारिनेमा बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेग रहेका छन्।

जम्मु-कश्मिरका बिजेपी प्रवक्ता अल्ताफ ठाकुरले एक विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेका छन्। उनले हत्यालाई बर्बर भनेका छन् ।

ठाकुरले ईद-एमीलाद-नबीको पावन अवसरमा निहत्ता नागरिक मार्न नछोडिएको बताए। प्रहरी समक्ष उनले घटनामा संलग्नलाई छिटो भन्दा छिटो खोजेर कडा कारवाही गर्नुपर्ने माग गरेका छन्।कश्मिरमा केही महिना यता लगातार बिजेपी कार्यकर्ता तथा जनप्रतिनिधिमाथि ज्यान लिने हमलाहरू हुँदै आएका छन्।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०७७ कार्तिक १४, ०९: ३१

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०७७ कार्तिक १४, ०९: ३१

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०७७ कार्तिक १४, ०९: ३१

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...