

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको अबरुद्ध केन्द्रीय कार्यसमिति बैठक आव्हान गरेको केही दिनपछि नै पार्टी शीर्ष नेताको बैठक सोमबारका लागि बोलाएका छन् ।
गत असोज १९ गते बोलाईएको केन्द्रीय कार्यसमिति बैठकको तीन दिनअघि पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा सहभागी नेताहरु अर्जुननरसिंह केसी र गगन थापामा कोरोना संक्रमण पुष्टि भएपछि ले अवरुद्ध बैठक स्थगित गरिएको थियो ।
पार्टी नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा छलफल गर्ने उदेश्यले शीर्ष नेताको बैठक बोलाइएको सहमहान्त्री डा प्रकाशशरण महतले जनाए ।
असन्तुष्ट नेता पौडेल पक्षका २७ जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले विभाग गठन, क्रियाशील सदस्यता वितरण, नविकरण, केन्द्रीय सदस्य मनोनयन, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा आपत्ति जनाउँदै पार्टी सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
केन्द्रीय समिति बैठकअघि आफ्ना माग सम्बोधन हुनुपर्ने पौडेल पक्षको माग छ । असोज १२ मा पौडेल पक्षले बुझाइएको ज्ञापनपत्रमा सभापति शेरबहादुर देउवालाई निर्णय सच्याउन एक साताको समय सीमा तोकिएको थियो ।
असोज १७ मा बसेको शीर्ष नेताको बैठकले कुनै समाधान निकाल्न सकेको थिएन । पौडेल पक्षले विभाग गठनको विषयमा सबैभन्दा बढी आपत्ति जनाएको छ भने संस्थापन पक्ष विधान बमोजिम विभाग गठन गर्ने निर्णय फिर्ता नहुने अडानमा छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...