
नयाँ विकल्प,
काकरभिट्टा – कोरोना भाइरस संक्रमणले मुलुकमा महामारी फैलिइरहेको बेला पूर्वी नेपालको मेचीनगरस्थित काकरभिट्टामा पाँच तारे ‘होटल मेची क्राउन’ सञ्चालनमा आएको छ ।
कोरोना संक्रमणपछि बन्दा बन्दीले गर्दा निर्धारित समयभन्दा झण्डै ६ महिनापछि संचालनमा आएको यो होटलमा विजया दशमीको अवसरमा समेत देश भित्र र देश वाहिरका पाउनाले सेवा लिएका छन् । विशेष गरी पश्चिम बंगाल, दार्जेलिङ र सिक्किमका ग्राहकको होटलमा आकर्षण बढेको छ ।
पश्चिम बंगाल राज्यको पश्चिम उत्तर क्षेत्रमा पाँच तारे होटल नभएकाले नेपालीका साथै भारतीय र बंगलादेशका पर्यटकका लागि समेत बैकल्पिक रोजाईको होटल हुन सक्ने होटल मेची क्राउनका ब्यवस्थापक दीपक लेखकले जनाए ।
करिव एक अर्ब ५० करोडको लगानीमा खुलेको सो होटल ८ बिघा जमिनमा फैलिएको । होटल परिसरमा भीआइपीको आगमनका लागि हेलीप्याडको समेत व्यवस्था छ भने ५ सयभन्दा बढी सवारी साधन पार्किङको सुविधा छ ।
जम्मा एक सय ५ कोठा रहेको यो होटलमा ५ वटा मेची सुइट्स रुम, १० वटा एग्जुकेटिभ भिल्ला रुम, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम रहेको व्यवस्थापक लेखकले जनाए ।
विवाह, बैठक, सम्मेलन, सेमिनार आदीका लागि पनि सुबिधा सम्पन्न हल तथा दुई वटा रेष्टुरेन्ट रहेको होटल मेची क्राउनमा क्यासिनो समेत पूर्णरुपमा सञ्चालनमा आएपछि करिव एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने भएका छन् ।
राजधानी काठमाडौंवाहिर खुलेको यो होटल दोश्रो पाँच तारे होटल हो । उपत्यकावाहिरको पहिलो पाँच तारे होटल भने पोखरास्थित होटल फुलबारी हो ।
यो होटल भद्रपुर विमानस्थलबाट १७ किलोमिटरको दुरीमा छ भने भारतको पश्चिम बंगालस्थित बागडोग्रा अन्तराष्ट्रिय विमानस्थलबाट २५ किलोमिटरको दुरीमा रहेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...