६० लाख रुपैयाँ हिनामिना गर्ने राजविराजका अधिकृत रिमाल खोज्दै अख्तियार – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

६० लाख रुपैयाँ हिनामिना गर्ने राजविराजका अधिकृत रिमाल खोज्दै अख्तियार


नयाँ विकल्प,
काठमाडौं – राजविराज नगरपालिका क्षेत्रको मूल सडकको दायाँ बाँया बृक्षारोपण गर्नको लागि भनेर छुट्याएको ६० लाख रुपैयाँ नगरपालिकाका कार्यकारी अधिकृतसँग मिलेर हिनामिना गर्ने एक शाखा अधिकृतलाई अख्तियारले धुइँपताल खोजेको छ ।

अख्तियारको फन्दामा पर्ने डरले हाल लुकीछिपि बसेका राजविराज नगरपालिकाका स्वयंसेवक अनुगमन तथा मुल्याङ्कन अधिकृत पदमा कार्यरत काठमाडौंका स्थायी वासिन्दा शीतल रिमाललाई अख्तियारले खोजी गरिरहेको हो ।

तराई ÷मधेशका जिल्लाका धेरैजसो स्थानीय तहले सडकको दायाँ र वायाँ भू–क्षयबाट रोक्न र शहरको सौन्दर्यको लागि बृक्षारोपण गर्न योजना तथा कार्यक्रममा बजेट छुट्याइने गरिन्छ । तर, कार्यकारी अधिकृतहरुसँगको मिलेमतोमा बृक्षारोपण नै नगरी बजेट खाने गरिन्छ ।

यसरी केही विरुवा रोप्ने र वाँकी विरुवा खरिद नगरी त्यतिकै छाड्ने अनि बिल भर्पाइ र कागजातमा बृक्षारोपण गरेको हिसाव राख्ने कुसस्कारको ज्वलन्त उदाहरण राजविराज नगरपालिका बनेको छ ।

राजविराज नगरपालिकाका कार्यकारी अधिकृतसँगको मिलेमतोमा स्वयंसेवक अनुगमन तथा मुल्याङ्कन अधिकृत रिमालले ६० लाख रुपैयाँ चप्काएपछि अख्तियारले उनको खोजी गरिरहेको छ ।

अख्तियारबाट भाग्दै हिँडेका रिमाललाई भेट्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार साता दिन भित्र अयोगको टंगालस्थित प्राविधिक परिक्षण तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन सूचना जारी गरेको हो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १४, १८: ४७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक १४, १८: ४७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १४, १८: ४७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...