
नयाँ विकल्प
ब्रुसेल्स – काेराेना संक्रमणकाे दर उच्च बन्दै गरेपछि वेल्जियम सरकारले कडा लकडाउनकाे घाेषणा गरेकाे छ । आइतवार मध्यरात बाट लागु हुनेगरि घाेषणा गरिएकाे लक डाउन कम्तिमा डेढ महिना अर्थात १३ डिसेम्बर सम्म लागु गरिने जनाइएकाे छ ।
वेल्जियम काेराेना संक्रमण नियन्त्रणकालागि गरिएकाे याे दोस्रो पटककाे लकडाउन हाे। पहिलाे चरणकाे लकडाउन भन्दा दाेस्राे चरणकाे लक डाउन अझै कडा पारिएकाे छ । वेल्जियमा काेराेना संक्रमणमा कारण ११ हजार बढिले ज्यान गुमाइसकेका छन् । संक्रमितकाे संख्या ४ लाख पुगेकाे छ । हालसम्म २४ हजार ४४३ जना काेराेना संक्रमण मुक्त भएका छन । संक्रमित मध्ये एक हजार बढिकाे अवस्था चिन्तजनक रहेकाे बताएकाे छ ।
आइतवार मध्यरातबाट दाेस्राे चरणकाे लकडाउनमा ब्याक्तिगत काममा १ जना भन्दा बढि भेटघाट गर्न पाइने छैन । सार्वजनिकस्थल र समाराेहमा मा बढिमा ४ जाना सम्म भेटन सकिने छ । घर भित्र भेट्न प्रतिबन्द लगाइएकाे छ । जरुरी अवस्थामा भने हिडडुल गर्न प्रतिबन्द लगाइएकाे छैन् । स्कुल १५ नोभेमवर सम्म लम्बाइएकाे छ ।
स्कुल कलेजलाइ लकडाउनकाे समयमा अनलाइन क्लास सञ्चालन गर्न सरकारले आग्रह गरेकाे छ। घर वाट गर्न सकिने काम अनिवार्य रूपमा घरबाटै गर्न निर्देशन दिइएकाे छ । चिडियाघर र होलिडे पार्क लगायत बढि भिडभाड हुने स्थान खाेल्न प्रतिबन्ध गरिएकाे छ । बेल्जियम सरकारले संक्रमण नियन्त्रणकाेलागि जारी गरेकाे कर्फ्यू कायम रहने जनाएकाे छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...