
नयाँ विकल्प,
काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छन्।
शक्ति समिकरणकाे विषयमा लामाे संघर्षबाट गुज्रिएकाे नेकपाकाे पछिल्लाे अवस्थाबारे प्रचण्ड निवास खुमलटारमा उपस्थित सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधामन्त्री ओलीकाे अलग हुने प्रस्तावकाे खुलासा गरेका हुन् ।
शनिबार दिउँसाे प्रधानमन्त्री ओलीसंँ भेटर फर्केपछि सचिवालय सदस्यहरू वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेब गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग खुमलटारमा भएकाे भेलामा प्रचण्डले यस्ताे खुलासा गरेका हुन् ।
मन्त्रिपरिषद पुनर्गठनमा ओलीसंग असन्तुष्ट भएसँगै गौतम पुनः प्रचण्डसँग नजिकिएका छन्।खुमलटारको भेलामा प्रचण्डले प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको ब्रिफिङ गरेको स्राेतले दावी छ । प्रधानमन्त्री निकट स्रोतले भने प्रचण्डले पुनः सरकारको नेतृत्व मागेको दावी गरेको बताएकाे छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...