अल्जेरियामा नयाँ संविधानका लागि मतदान, विपक्षीको बहिस्कार – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

अल्जेरियामा नयाँ संविधानका लागि मतदान, विपक्षीको बहिस्कार

अल्जियर्स, १७ कात्तिक –– अल्जेरियामा संशोधिन संविधानलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार जनमतसंग्रह सम्पन्न भएको छ ।

तर संविधान संशोधन सम्बन्धी प्रस्तावले जनचाहनालाई सम्बोधन गर्न असफल रहेको भन्दै विपक्षीले बहिस्कार गरेका छन् । संविधान संशोधन पक्षधरहरुले राष्ट्रपतिको कार्यकाल सीमित गर्ने, नयाँ स्वतन्त्रताहरु प्रदान गर्ने तथा लोकतन्त्र पक्षधरहरुका मागलाई सम्बोधन गर्ने विश्वास लिएका छन् । चुनावमा निकै सानो संख्यामा मानिसले मतदान गरेका छन् ।

विपक्षीहरुले संविधान संशोधनका सन्दर्भमा प्रचार प्रसार गर्न, टेलिभिजन वा रेडियोमा बहस गर्न नदिएको तथा सभा स्थलहरुमा मानिसलाई जमघट हुन नदिइएको आरोप लगाएका छन् । जनमत संग्रहको नतिजा सोमबार घोषणा गरिने छ । निर्वाचन आयोगका अनुसार यस जनमत संग्रहमा कूल मतदातामध्ये २३.७ प्रतिशतले मात्र मतदान गरेका थिए ।

आयोगका अध्यक्ष मोहमद चार्फीले कोरोनाभाइरसको त्रासका कारण पनि मतदान कम भएको बताउनुभयो । जनमत संग्रहलाई बैधानिक ठहर्याउन यति मतदान हुनैपर्छ भन्ने कुनै बाध्यकारी व्यवस्था अल्जेरियामा छैन । संविधान संशोधनको पछिल्लो प्रस्तावमा अल्जेरियाली सैनिकलाई राष्ट्रसंघ वा अफ्रिकी युनियनका शान्ति मिसनमा खटाउन सकिने प्रावधान समेटिएको छ ।

अल्जेरियामा सेनाको भूमिका सधैं प्रमुख रहँदै आएको छ । सैनिक प्रमुख जनरल सइद बेन्ग्रिहले संविधान संशोधनको पक्षमा देशव्यापी प्रचार गर्नु भएको थियो । गत डिसेम्बरमा निर्वाचित राष्ट्रपतिले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । संशोधित प्रावधान अनुसार राष्ट्रपति र संसदका सदस्यहरुको पदावधि दुई कार्यकाल भन्दा बढी नहुने तथा राष्ट्रपतिका कतिपय अधिकार प्रधानमन्त्रीलाई दिने राखिएका छन् । (रासस–एपी)

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०७७ कार्तिक १७, १४: ४१

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०७७ कार्तिक १७, १४: ४१

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०७७ कार्तिक १७, १४: ४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...