
नयाँ विकल्प
सन्धिखर्क – नेपाली कांग्रेसका क्रियाशिल नेता तथा युवा ब्यावसायी यम पाण्डेले अर्घाखाँचीकाे छत्रदेव गाउपालिका-४ स्थित पाैराणिक महत्व बाेकेकाे कालिका मन्दिरमा पुजापाठकालागि लाग्ने सम्मुर्ण खर्चकाे जिम्मा लिएका छन् ।
अर्घाखाँचीकै सबैभन्दा पुरानाे र धार्मिक महत्व बाेकेकाे श्री कालिका मन्दिरमा पाण्डेकाे सहयाेगपछि दैनिक पुजापाठ हुने भएकाे छ । नेपाली कांग्रेसका पुराना तथा बाैदिक नेता इश्वरी प्रसाद पाण्डे सुपुत्र यम पाण्डे काठमाडाैंमा समेत सफल ब्यावसायीका रूपमा परिचित छन् ।
छत्रदेव गाउपालिका केरूङगामा जन्मेका पाण्डेकाे प्रत्यक्ष लगानीमा काठमाडौं को सुकेधारामा प्रशम्सा ईन्टरप्राईजेज लगाउत उपत्यकाका विभिन्न स्थानमा झण्डै आधा दर्जन ब्यावसाय सञ्चालनमा छन् । स्कुले जिवनदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहेर काम गरेका पाण्डे छत्रदेव गाउँपालीकाका लाेकप्रिय युवा नेता हुन् ।
पान्डेले मन्दिर सन्चालक समिति का अध्यक्ष तथा पदाधिकारी हरु सग समन्वय गरि मन्दिरका लागि १ लाख ३५ हजार खर्च हुने र सो रकम आफुले मन्दिर ब्यबस्थापन समितिलाई हस्तान्तरण गर्ने पान्डेले जानकारी दिए ।
सनातन धर्ममा विश्वास गर्ने पाण्डेले नेपालमा विभिन्न प्रलाेभन र दवावमा धर्म परिवतर्न भैरहेकाे बारे चिन्ता ब्यक्त गर्दै सनातन धर्म बचाउनकालागि पनि नियमित हिन्दु धार्मिक स्थानमा नियमित पुजापाठ हुनुपर्ने बताउँछन् ।
पाण्डेले कालिका मन्दिरमा दैनिक पुजापाठ गर्न लाग्ने खर्च दिने खबरले छत्रदेवका बासिन्दा अत्यान्तै उत्साहित भएकाे र मन्दिर संरक्षणमा एकताबद्द भएर लागेकाे स्थानीय हाेम प्रसाद पाण्डेले बताए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...