काेराेनाले भारतमा जागिर गुमाउनेकाे संख्या एक महिनामा ७ प्रतिसतले बढ्याे – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

काेराेनाले भारतमा जागिर गुमाउनेकाे संख्या एक महिनामा ७ प्रतिसतले बढ्याे

नयाँ विकल्प

नयाँ दिल्ली-कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा उक्त दर ६.९८ प्रतिशतमा पुगेको भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र (सीएमआईई) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

सोमबार साँझ जारी गरिएको सीएमआईईको तथ्याङ्कका अनुसार यस पहिले कृषि क्षेत्र मजबुत हुने संकेत देखिएको भएपनि अक्टूबरमा यस क्षेत्रको बेरोजगारी बढेको छ ।

शहरी क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ८.४५ रहेकोमा अक्टोबरमा ७.१५ प्रतिशतमा झरेको छ । त्यस्तै ग्रामिण क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ५.८६ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९० पुगेको केन्द्रले बताएको छ । रोजगार सङ्ख्याको विपरीत अब्टोबरमा सामान तथा सेवा कर सङ्कलनमा फेब्रुवरीपछि उच्च रहेको र सन् २०१९ को अक्टोबरको तुलनामा १०.२ प्रतिशतले वृद्धि भएको बताइएको छ । एजेन्सी

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०७७ कार्तिक १८, १३: १३

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०७७ कार्तिक १८, १३: १३

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०७७ कार्तिक १८, १३: १३

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...