बेलायतले लिभरपूलका सबैको कोरोना परीक्षण गर्ने – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

बेलायतले लिभरपूलका सबैको कोरोना परीक्षण गर्ने

नयाँ विकल्प

लन्डन- बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ ।

यस शहरमा पाँच लाख भन्दा बढी मानिसको बसोबास रहेको छ । कोभिड–१९ परीक्षणका लागि सरकारले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गर्नेछ जसले एक घण्टा वा सोभन्दा कम समयमा नतिजा दिनेछ । बेलायती स्वास्थ्य सेवा विभागले उन्नत प्रविधिको सहायताले कोरोनाको कुनै लक्षण नदेखिएका व्यक्तिको पनि पहिचान गर्ने जनाएको छ ।

विभागले सटिक नतिजाबाट मानिसलाई सेल्फ–आइसोलेसनमा बस्न र थप विस्तार हुनबाट रोक्ने विश्वास लिएको छ । लिभरपूलमा गरिने यस परीक्षणले बेलायतमा व्यापक परीक्षणका सन्दर्भमा सिकाईका लागि मद्दत गर्नेछ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार नयाँनयाँ प्रविधि प्रयोग गर्न उत्सुक भएको हो ।

बेलायतमा आगामी बिहीबारदेखि दोस्रो चरणको लकडाउन हुँदैछ । बेलायतमै लिभरपूल शहरमा सबैभन्दा बढी दरमा कोरोना संक्रमित देखिएका छन् । यहाँ प्रति एक लाख जनसंख्यामा ४१० जनाभन्दा बढी संक्रमित भेटिएका छन् । एपी

सम्बन्धित समाचार

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०७७ कार्तिक १८, १७: ४९

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०७७ कार्तिक १८, १७: ४९

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०७७ कार्तिक १८, १७: ४९

काठमाडौं : हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र...