भारतीय टिभि च्यानल रिपब्लिकका सम्पादक अर्णव गोस्वामीलाई मुम्बइ प्रहरीले पक्राउ गर्याे – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

भारतीय टिभि च्यानल रिपब्लिकका सम्पादक अर्णव गोस्वामीलाई मुम्बइ प्रहरीले पक्राउ गर्याे


नयाँ विकल्प,
काठमाडौं – भारतीय टेलिभिजन रिपब्लिक टिभिका प्रधानसम्पादक अर्णव गोस्वामीलाई एक जना इन्टेरियर डिजाइनरको आत्महत्या दुरुत्साहनको आरोपमा मुम्बइ प्रहरीले गिरफ्तार गरेको छ ।


भारतीय टिभिका बिबादस्पद पत्रकार गोस्वामीलाई बुधबार बिहान इन्टेरियर डिजाइनरको आत्महत्याको लागि उकासेको अभियोगमा प्रक्राउ गरिएको मुम्बइ प्रहरीले जनाएको छ ।

प्रक्राउ गर्न गएका प्रहरीसँग पत्रकार गोस्वामीले केही बेर प्रतिकार गर्न खोजेका थिए । गोस्वामीले गिरफ्तारी दिन नमानेपछि प्रहरीले उनलाई घर भित्र प्रवेस गरी पाखुरामा पक्रेर जवर्जस्ती लगेको थियो ।

मुम्वइ प्रहरीका अनुसार रिपब्लिक टिभिले दर्शकलाई आफ्नो च्यानल हेर्न पैशा दिने गरेको थियो । प्रहरीले विज्ञापनको नाममा मनी लन्ड्रिङको समेत शंका गरेको छ ।

भारतीय जनता पार्टी (बिजेपी) निकट भनेर चिनिएका चर्चित टेलिभिजन सो प्रस्तोता गोश्वामीको गिरफ्तारीको आलोचना गर्दै ‘संकटकालका दिनको याद आइरहेको छ’ भन्दै टिप्पणी गरेका छन् ।
भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले गोश्वामीको गिरफ्तारले महाराष्ट्रमा प्रेस स्वतान्त्रतामाथि हमला भएको आलोचना गरेका छन् ।

प्रहरी अधिकारीहरुको अनुसार दुई वर्षअघि एकजना आर्किटेक्ट र उनकी आमाको आत्महत्या भएको थियो । आर्किटेक्ट अन्वय नाईकको छोरी अदन्या नाईकले यस विषयमा निवेदन दिएकी थिइन । जुन बेला महाराष्ट्रमा गृहमन्त्री अनिल देशमुखले सो आत्महत्या मामिलामा पुन जाँच गरिने बताएका थिए ।

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाइ समेटेर मुलुककाे नयाँ नक्सा संघीय संसदकाे बैठकबाट सर्वसम्मतले पारित गरेपछ गाेश्वामीले नेपालले चीनकाे इसारामा भारतीय भूमी दाबी गरेकाे र चीनले नेपालकाे भूमि मिचेकाे भन्दै रिपब्लिक टिभीमा प्रस्तुत भएका थिए ।

गाेश्वामीले नेपालकाे भूभागलाइ समेटेर संसदले नयाँ नक्सा जारी गर्ने निर्णयकाे बलिउड अभिनेत्री मनिषा काेइरालाकाे अभिव्यक्तीकाे विराेध गरेका थिए भने एक टिभी साेमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र पत्रकार गाेपाल झासँग संवाद गर्दा समेत अथितिलाइ बाेल्न नदिइ अाफ्नै मात्र भनाइ राखेर नेपाली दर्शकमाझ अलाेकप्रीय भएका थिए ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०७७ कार्तिक १९, १३: ३५

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०७७ कार्तिक १९, १३: ३५

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०७७ कार्तिक १९, १३: ३५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...