
नयाँ विकल्प,
काठमाडौं – भारतीय टेलिभिजन रिपब्लिक टिभिका प्रधानसम्पादक अर्णव गोस्वामीलाई एक जना इन्टेरियर डिजाइनरको आत्महत्या दुरुत्साहनको आरोपमा मुम्बइ प्रहरीले गिरफ्तार गरेको छ ।
भारतीय टिभिका बिबादस्पद पत्रकार गोस्वामीलाई बुधबार बिहान इन्टेरियर डिजाइनरको आत्महत्याको लागि उकासेको अभियोगमा प्रक्राउ गरिएको मुम्बइ प्रहरीले जनाएको छ ।
प्रक्राउ गर्न गएका प्रहरीसँग पत्रकार गोस्वामीले केही बेर प्रतिकार गर्न खोजेका थिए । गोस्वामीले गिरफ्तारी दिन नमानेपछि प्रहरीले उनलाई घर भित्र प्रवेस गरी पाखुरामा पक्रेर जवर्जस्ती लगेको थियो ।
मुम्वइ प्रहरीका अनुसार रिपब्लिक टिभिले दर्शकलाई आफ्नो च्यानल हेर्न पैशा दिने गरेको थियो । प्रहरीले विज्ञापनको नाममा मनी लन्ड्रिङको समेत शंका गरेको छ ।
भारतीय जनता पार्टी (बिजेपी) निकट भनेर चिनिएका चर्चित टेलिभिजन सो प्रस्तोता गोश्वामीको गिरफ्तारीको आलोचना गर्दै ‘संकटकालका दिनको याद आइरहेको छ’ भन्दै टिप्पणी गरेका छन् ।
भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले गोश्वामीको गिरफ्तारले महाराष्ट्रमा प्रेस स्वतान्त्रतामाथि हमला भएको आलोचना गरेका छन् ।
प्रहरी अधिकारीहरुको अनुसार दुई वर्षअघि एकजना आर्किटेक्ट र उनकी आमाको आत्महत्या भएको थियो । आर्किटेक्ट अन्वय नाईकको छोरी अदन्या नाईकले यस विषयमा निवेदन दिएकी थिइन । जुन बेला महाराष्ट्रमा गृहमन्त्री अनिल देशमुखले सो आत्महत्या मामिलामा पुन जाँच गरिने बताएका थिए ।
नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाइ समेटेर मुलुककाे नयाँ नक्सा संघीय संसदकाे बैठकबाट सर्वसम्मतले पारित गरेपछ गाेश्वामीले नेपालले चीनकाे इसारामा भारतीय भूमी दाबी गरेकाे र चीनले नेपालकाे भूमि मिचेकाे भन्दै रिपब्लिक टिभीमा प्रस्तुत भएका थिए ।
गाेश्वामीले नेपालकाे भूभागलाइ समेटेर संसदले नयाँ नक्सा जारी गर्ने निर्णयकाे बलिउड अभिनेत्री मनिषा काेइरालाकाे अभिव्यक्तीकाे विराेध गरेका थिए भने एक टिभी साेमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र पत्रकार गाेपाल झासँग संवाद गर्दा समेत अथितिलाइ बाेल्न नदिइ अाफ्नै मात्र भनाइ राखेर नेपाली दर्शकमाझ अलाेकप्रीय भएका थिए ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...