चुनाव हारे सर्वोच्च अदालत जाने ट्रम्पकाे चेतावनी – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

चुनाव हारे सर्वोच्च अदालत जाने ट्रम्पकाे चेतावनी


नयाँ विकल्प
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहेको राष्ट्रपतीय चुनावका विषयमा आफू सर्वोच्च अदालत जाने बताएका छन्। ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अहिले पनि केहीले भोट हालिरहेको आरोप लगाउँदै आफू सर्वोच्च अदालत जान लागेको बताएका हुन्।

‘हामी अमेरिकाको सर्वोच्च अदालत जाँदैछौं। सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं। बिहान ४ बजेपछि उनीहरूले कुनै पनि मतपत्र फेला पारेर जोडून् भन्ने हामी चाहन्नौं,’ उनले भने। उनले त्यसो गर्ने अमेरिकी जनतामाथिको धोका र देशप्रतिको अपमान भएको बताएका छन्।

‘हामीले चुनाव जित्नै लागेका थियौं। खासमा भन्दा हामीले चुनाव जितिसकेका थियौं। त्यसैले अब हाम्रो लक्ष्य इमानदारीलाई जोगाउनु हो,’ उनले भने। ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाए पनि अहिलेसम्म त्यस्तो कुनै घटना सार्वजनिक भएको छैन।

चुनावको अन्तिम मत परिणाम पनि आउन अझै बाँकी छ। ट्रम्प र डेमोक्र्याटिक उम्मेद्वारबीच अहिले पनि कडा टक्कर छ भने पेन्सिलभेनियालगायत केही ठूला राज्यमा मतगणना भइरहेको छ। यसअघि समर्थकहरूलाई सम्बोधन गर्दै बाइडेनले पनि आफू चुनाव जित्ने बाटोमा रहेको दाबी गरेको बताएका थिए।


दुबै उम्मेदवारले आफूले जित्ने दाबी गरे पनि लाखौं मतदाताले हुलाकबाट मत हालेका अन्तिम मत परिणाम आउन अझै केही समय लाग्न सक्छ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०७७ कार्तिक १९, १४: ०९

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०७७ कार्तिक १९, १४: ०९

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०७७ कार्तिक १९, १४: ०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...