इथियोपियामा युद्धको खतरा बढेपछि प्रधानमन्त्रीद्वारा सेना परिचालन – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

इथियोपियामा युद्धको खतरा बढेपछि प्रधानमन्त्रीद्वारा सेना परिचालन

नयाँ विकल्प

आदिस अबाब ,एपी- अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिएका छन् ।

टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) ले गतराति प्रादेशिक राजधानीको एउटा सैनिक अखडामा आक्रमण गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । सेना परिचालनले अफ्रिकाकै सबैभन्दा बढी जनसंख्या रहेका तथा शक्तिशाली मुलुकमध्ये एक इथियोपियामा फेरि युद्ध शुरु हुने खतरा बढेको छ ।

टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अबियले उत्तरी टिग्रे प्रदेशको राजधानी मिकेले र दान्सा शहरमा विद्रोही समूहले गरेका आक्रमणमा धेरै सैनिकले शाहदात प्राप्त गरेको बताउनु भएको छ । प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रिआसँग जोडिएको इथियोपियाको संवेदनशील क्षेत्रमा सक्रिय विद्रोहीको अन्त्य अवश्यम्भाबी रहेको पनि बताए ।

इरिट्रिआसँग लामो सीमा संघर्षपश्चात् सन् २०१८ मा दुबै देशबीच शान्ति सम्झौता भएको थियो । टिपिएलएफले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्रीको घोषणासँगै टिग्रे क्षेत्रका सबै इन्टरनेट र टेलिफोन लाइन काटिएका छन् ।

टिग्रे टिभीका अनुसार टिग्रे क्षेत्रमाथिको आकाश हवाई उडानका लागि निषेध गरिएको छ । यहीबीच इथियोपियासँग इजिप्टको इथियोपियाली बाँध परियोजनालाई लिएर विवाद बढ्दै गएको छ । इथियोपियाले पछिल्लो समय कोरोनाभाइरस महामारी, घातक जातीय हिंसा र सलहको प्रकोपजस्ता समस्यासँग एकैसाथ जुध्नु परिरहेको छ ।

कतिपयको भनाईमा अबियको शासनको खास परीक्षण अब हुँदैछ । टिग्रेका अधिकारीहरुले गत अगष्टका लागि तोकिएको इथियोपियाको राष्ट्रिय आमनिर्वाचन स्थगित गरेकामा आपत्ति जनाएका छन् ।

कोरोनाभाइरस महामारी अझ फैलिने खतरा औंल्याउँदै प्रधानमन्त्री अबियले निर्वाचन स्थगित गरेका थिए ।

गत आइतबार विद्रोही समूह टिपिएलएफका एक जना वरिष्ट अधिकारी गाटाचिउ रेडाले आफूहरु संघीय सरकारसँग तत्काल वार्ता गर्न इच्छुक नरहेको बताएका थिए । उनले अहिलेको अवस्थामा राष्ट्रिय संवाद जरुरी भएको बताएका थिए ।

सम्बन्धित समाचार

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०७७ कार्तिक १९, १४: ३०

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०७७ कार्तिक १९, १४: ३०

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०७७ कार्तिक १९, १४: ३०

काठमाडौं : हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र...