
नयाँ विकल्प
स्याङ्जा- जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न अपराध गरि फरार रहेकाे एक सय ११ जना अभियुक्तलाइ एकै दिनमा नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी हाेबिन्द्र बाेगटीले पक्राउ परेका उनीहरू अदालतको फैसला अनुसार कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका हुन् ।
पक्राउ परेका १ सय ११ जना फरार पक्राउकालागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटलाइ परिचालन गरेकाे थियाे उनिहरू सबै बुधबार स्याङजाका विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरू कर्तव्य ज्यान, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हाडनाता करणी, हातहतियार खरखजना, लागूऔषध, मानव बेचविखन, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, कुटपिट, लुटपिट लगायत विभिन्न जघन्य मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरू रहेकाे एसपी बाेगटीले बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यसअघि समेत एकै दिनमा सबैभन्दा धेरै विभिन्न मुद्दामा फरार ४८ जना अभियुक्तलाइ नियन्त्रणमा लिएकाे थियाे । नेपाल प्रहरीकाे इतिहासमै यतिधेरै फरार अभियुक्त एउटै जिल्लाबाट पक्राउ परेकाे याे संभवत पहिलाे घटना हाे ।
जिल्ला प्रहरी प्रमुख एसपी हाेबिन्द्र बाेगटीले कमाण्ड सम्हालेसंगै उनकाे नेतृत्व काे स्याङ्जा प्रहरीले अबैध तथा गैरकानुन क्रियाकलाप कठाेर रूपमा अगाडि बढेकाे छ । बाेगटी नेपाल प्रहरीका अपरेशनमा काविल अफिसरका रूपमा परिचत छन् ।
काठमाडाैं प्रहरी परिसर तथा महानगरीय अपराध महाशाखामा रहँदा एसपी बाेगटीले बैक ह्याकर , बैङ्किङ कसुर , चाेरी डकैती तथा उपत्यकामा हुने गैरकानुनी क्रियाकलाप विरूद्द सफल अपरेशन गरेका थिए ।
बाेगटी नेतृत्वकाे स्याङ्जा प्रहरीले बुधबार नियन्त्रणमा लिएकाअभियुक्त हरूमा हाडनाता भित्र बलत्कार गरि भागेका लगायत १५ बर्षदेखि फरार देखि हत्या अपराध तथा चाेरी डकैती मा संलग्न फरार रहेका अभियुक्त छन्।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...