७० लाख ठगेर भागेका रौनियार सिआईबीकाे फन्दामा – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

७० लाख ठगेर भागेका रौनियार सिआईबीकाे फन्दामा

नयाँ विकल्प

काठमाडाैं-नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे सिआईबीले बैकिङ कसुरमा फरार अभियुक्त सत्य नारायण प्रसाद रौनियारलाइ नियन्त्रणमा लिएकाे छ ।

राैनियारलाइ उच्च अदालत पाटनले २०७५ चैत १० र २०७६फागुन २७मा दुइपटक गरि रौनियारलाई ४५ दिन कैद र ७० लाख जरिवाना हुने ठहर भएको थियाे ।

बिरगंज -६ माईस्थान बस्ने बर्ष ५८ को प्रतिवादी सत्य नाराण प्रसाद राैनियार अदालतले दाेषी ठहर गरेसंग फरार रहेका थिए ।

पिडित मन्दीप कुमार थापा र सन्तोष कुमार चौधरीको जाहेरीपछि रौनियारलाइ सिआईबीले बुधबार काठमाडाैंकाे राताेपुलबाट पक्राउ गरेकाे हाे । राैनियारमाथी अदालतले ठहर गरेकाे गरिवाना र कैद भुक्तानकालागी आजै पर्सा जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएकाे छ ।

साथै, सत्य नारायण प्रसाद रौनियारले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७०,लाख का चेकहरु काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा  बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) अनुसार उच्च अदालत पाटनमा पेश गरिने प्रहरीले जनाएकाे छ

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक २०, १६: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक २०, १६: २६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक २०, १६: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...